कमिसन माग्ने बेलडाँडी उपाध्यक्ष नाथविद्धरु चर्कीयो आन्दोलन,बेथितिका बिरुद्ध बेलडाँडीबासी एकठाउँ, भोलि पनि पालिका घेराउ

बेलडाँडी । बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले कमिसन मागेको विषयलाई लिएर आज आइतवार देखि आन्दोलन चर्कीएको छ । बेलडाँडी गाउँपालिकाको प्राङ्गणमा ५ दल र स्थानीय वासीद्धारा उपाध्यक्ष नाथको चर्को विरोध गर्दै पालिका प्रवेशमा रोक लगाएको छन् । बेलडाँडीमा हुने बेथिति, अत्याचार, भ्रष्टाचारका विरुद्धमा बेलडाँडीबासी फेरि एकजुट भएका छन् ।

पहिलो दिन आन्दोलित भएका दल र स्थानीयद्धारा १ घण्टा आन्दोलन गर्दै धर्ना दिएका थिए । उपाध्यक्ष नाथको राजिनामाको माग गर्दै उनले गरेका क्रियाकलापको छानविनका लागि सर्वदलिय सर्वपक्षीय छानविन समिति गठन गरि कार्वाहीको दाहिरामा ल्याउनु पर्ने भन्दै पालिका प्रमुख हरिशचन्द्र रानालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्र बुझ्दै पालिका प्रमुख हरिशचन्द्र रानाले नियमानुसार आफु र पालिका अघिबढ्ने बताएका छन् । उनले भने उपाध्यक्ष नाथ नेपाली काँग्रेसकी नेतृ भएकाले पहिलो चरण काँग्रेसले पार्टी अनुशासनको कार्वाहीका लागि ३ सदस्यीय छानविन समिति गठन गरिसकेको बताउदै नियम संम्वत पालिका स्तरमै छानविन समिति बनाउन मिल्ने भए आफु पछि नहट्ने जनाए ।

पार्टीले संरक्षण गर्यो की भन्ने लागेको भए उनले भने नेपाली काँग्रेस भ्रष्टचारीको पक्षमा कहिले नउभिने बताउदै त्यस्तो ठहर भए छानविन समितिले ल्याएको रिर्पोटका आधारमा कार्वाही गरिने बताउनु भयो ।

उपाध्यक्ष नाथले सत्ता बाहिरछदा एकल महिला, महिलाहरुलाई विभिन्न कार्यक्रम ल्याउने, सबैलाई रोजगार दिने, निकुञ्जमा दाउरा ल्याउने नियम बनाउने जुठा आसवासन दिएर भोट मागेको भन्दै स्थानीयहरु आन्दोलित भएका थिए । अहिले आफ्नो पेट भर्ने काम गरेको देख्दा यस्तो बेथिति र अत्याचार सहेर अव बस्न नसक्ने बताएका छन् ।

गरिखाने सोझासाझा जनजाति किसानबाट प्रदेशको भैसीपालन योजना आफुले पारिदिएको भन्दै नगद र चेक गरि १६ लाख घुस मागेको बिषय यतिबेला चुलिएको छ ।

बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई कमिसन मागेको आरोपको बिषयलाई लिएर बेलडाँडी तातेको छ । उनले गर्ने अनैतिक क्रियाकलापका विरुद्ध बेलडाँडीका ५ राजनितिक दल एकठाउँमा उभिएपछि बेलडाँडी काँग्रेसले ३ सदस्यीय छानविन समिति बनाएको छ । बारम्वार विवादमा आउने उपाध्यक्षका विपक्षमा काँग्रेस भित्रै चर्को विरोध हुन थालेपछि काँग्रेसले बाध्य भएर छानविन समिति बनाएको श्रोतले बताएको छ ।

गाउँकार्यसमितिका अधिकांस नेता कार्यकर्ताले उपाध्यक्ष नाथको चर्को विरोध गरेपछि तीन सदस्यी छानविन समिति बनेको हो । नेपाली काँग्रेस बेलडाँडी सभापति गज बहादुर बिष्टका अनुसार हिजो बसेको बैठकले पालिका उपाध्यक्ष शान्ति नाथलाई लागेको आरोप के हो वास्तविक छानविन गर्न नेपाली काँग्रेस बेलडाँडी सचिव धन बहादुर रोकायाको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन भएको जनाए । सदस्यमा नरेश धामी र हेमा राना रहेका छन् ।

उपाध्यक्ष नाथका यस्ता गतिविधीले बेलडाँडीको बेइज्यती हुन थालेकोले आम बेलडाँडीबासीका नजरमा बेलडाँडी काँग्रेस अग्नी परीक्षामा रहेको आम नागरिकको बुझाई छ । उपाध्यक्ष नाथले बारम्वार गल्ती गर्दा समेत काँग्रेसले संरक्षण गरिरहेको आरोप खेपिरहेकाले यो पालि काँग्रेस सत्यतथ्य छानविन गर्न समितिनै गठन भएपछि समिति र काँग्रेसको अग्नी परीक्षामा होमिए सरह भएको छ । यतिबेला जनताको लोकप्रिय बन्न समितिले कस्ता निर्णय लिन्छ बेलडाँडी बासी हेर्न आतुर भएका छन् ।

उपाध्यक्ष नाथले सत्तामा पुगे देखि अहिले सम्म पैसामुखी बाहेक अन्य कुनै राम्रो कामै नगरेको कर्मचारी श्रोतले जनाएको छ । उनले टिएडिए भत्ता खानका लागि दैनिक फारम पेश गर्ने र कतिपय पहिलेपनि लेखा शाखाबाट उनले पेश गरेका फाईल फालिएका थिए ।

गाडी दुरुपयोग, दोहोरो सुविधा, कम्वल वितरण देखि, राहत वितरण हुदा समेत कागजी प्रक्रिया पछि मिलाएको, नियम विपरित भत्ता खाने सुदूरकै नं.१ जनप्रतिनिधी, आफुलाई तेल बाढ्ने अधिकार भएको कुरा, पद र शत्तिको दुरुपयोग गर्दै सडकमा घर पास गरी बैंकलाई झुक्याएर ठुलो लोन लिएको कुरा, अनुगमन समितिकी संयोजक भएर ३ लाख आफ्रनो नाममा विद्यालयलाई काट्न लगाए अख्तियारमा मुद्धा परेपछि १बर्ष पछि विद्यालयको पैसा फिर्ता गरेको कुरा लगायत विभिन्न आर्थिक मुखी क्रियाकलाप मात्र गरेको देख्दा स्थानीय देखि नेता कार्यकर्ता समेत हैरान भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित