खोकाछाप्रा उद्दार समितिमा आबद्ध मजदुरले गरे भीमदत्त नगरपालिकाको गाडी ताेडफाेड

आज महेन्द्रनगर क्षेत्रमा रहेका खोकाछाप्रा उद्दार समितिमा आबद्ध मजदुरले नगरपालिकाको गाडीमा तोडफोड गरेका छन् ।

भीमदत्त नगरपालिकाको टोली घर तथा टहरा हटाउन स्काभेटर लगेर गएको थियो। खोकाछाप्रा उद्दार समितिमा बस्दै आएका मजदुरले स्थानीय सरकार दमनमा उत्रिएको भन्दै स्काभेटर फकाई दिएका थिए।

खाली गरेका घर तथा टहरा हटाउन अवरोध नगर्न अनुरोध गर्न गएका भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष शुशिल भट्ट र आफुमाथि खनिएका उनीहरुले गाडीमासमेत तोडफोड गरेको भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले बताए। भिडले प्रवक्ता अवस्थी र भट्ट चढेर गएको बा २ झ ३८८९ नम्बरको जिपमा तोडफोड गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित