बेलडाँडी । अविरल बर्षाका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ। विहानै ६ बजे देखि परेको पानी दिउसो १ बजे सम्म नरोकिदा र पानीका कारण कञ्चनपुरको दक्षिणी क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ । मनसुन सक्रीय भएसंगै जारी बर्षाका कारण बेलौरीको मैनाहा भन्ने ठाउँमा रुख बिजुलीको तारमा ढल्दा ६ पोलका तार चुण्डिदा सेवा अवरुद्ध भएको बेलौरी विद्युत केन्द्रले जनाएको छ ।
विहानै देखि परेको पानी नरोकिएपछि मजदुरी गरी खाने मज्दुरलाई सिधा असर परेको छ भने विद्यालयलहरु संचालनमा आउन सकेका थिएनन् ।
यसै गरी भारी बर्षाले बेलडाँडी गाउँपालिकाको मुख्य बजारमा पानी भरीएको छ । मुख्य चवन्नी बजारको ठाउँठाउँमा पानी भरिएर ओहोरदोहोर गर्ने यात्रुहरुलाई निकै सास्ती भइराखेको छ । खल्ला क्षेत्रमा समेत ढुवान भएको जनाइएको छ ।
Discussion about this post