बेलडाँडी, २५ असाढ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी भएर बग्ने झर्नाखोलामा आएको वाढीले कल्बट भासिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बेलौरी नगरपालिका ९ र बेलडाँडी गाँपालिका १ भएर बग्ने झर्नाखोला साउद टोल जाने पुल बाढीले बासिएको छ ।
४ दिन देखि लगातार परेको बर्षाले झर्नाखोलामा आएको बाढीले पुल भासिएको छ । पुल भासिदा स्थानीयलाई आवतजावतमा समस्या भएको पुर्ववडा अध्यक्ष अम्मर बहादुर खत्रीले जानकारी गराउनु भयो । खत्रीका अनुसार हिजो पुल भासिदा समस्या भएको थियो आज त्यसै पुलमा अलिअलि पैदल हिन्न भएको बताउनु भयो ।
Discussion about this post