बेलडाँडी, २५ असाढ । चार दिन देखि लगातार परेको बर्षाका करण चौधर खोलाको पानीको बहावले थेक्न नसकेपछि महाकाली सिंचाईको नहर तोडेर हिजो सोमवार गाउँमा बाढी पसेको थियो ।
नहर टुटेपछि किसानलाई थप समस्या हुने भएको छ ।
किसान लगायत बेलडाँडी बाढी पिडितलाई थप समस्या नहोस भनेर पालिका प्रमुख हरिशचन्द्र राना र महाकाली सिंचाई व्यवस्थापन कार्यालय महेन्द्रनगरका प्रमुख रामकृष्ण घोडासैनी लगायतका जलउपभोक्ता संघसित तत्काल निर्माणा विषयमा छलफल भएको छ ।
बाढी पसेको ठाउँको अनुगमन गर्दै तत्काल बाढी गाउँपस्न रोक्ने र किसानलाई सिंचाई गर्नका लागि पानी कसरी किसानहरुको खेत सम्म पानी पुर्याउने भन्ने विषयमा छलफल भएको थियो । बेलडाँडी गाउँपालिका अध्यक्ष रानाले प्रमुख जिल्ला अधिकारीलाई यस ठाउँको जानकारी गराउदै तत्काल समस्या समाधानको उपाय खोजिदिन अनुरोध गरेका छन् ।
पालिकाको थोरै बजेटले यो कार्य सम्पन्न गर्न नसकिने जनाउदै यसमा सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिए । महाकाली सिंचाई व्यवस्थापन कार्यालयका प्रमुख रामकृष्ण घोडासैनीका अनुसार अहिले बजेटै नभएको बताएका छन् । यो मर्मत गर्न महाकाली सिंचाईले मात्र सम्भव नभएको बताउदै यसमा राज्यनै लाग्नु पर्ने बताएका छन् ।
Discussion about this post