बेलडाँडी २५ असाढ । नेपाली काँग्रेस बेलौरीका जन नेता प्रकाश राज पन्त यति बेला बाढी डुवान पिडितको घरघरमा पुगि उद्धारको निम्ति सहयोग गरिरहेका छन् । जननेता पन्त यति बेला बाढी पिडितको उद्धारको निम्ति बेलौरी देखि बेलडाँडी सम्म पुगेका छन् ।
चौधर खोला गाउँपसेको ठाउँ सम्म पुगेका बेलौरीका नेता पन्त बेलौरी नगरपालिका भित्रको वडा नं.८ मा हिजो अनुगमन तथा उद्धारमा जादा यस्तो विजोग देख्दा दुख व्यक्त गरेका छन् ।
वडा नं.८ कलकत्ता राना टोलमा जनप्रतिनिधी नपुगेको भन्दै आक्रोस समेत व्यक्त गरेका थिए । जननेता पन्तले जनप्रतिनिधीलाई जनताको जिम्मेवार नेता बन्न आग्रह गरेका छन् । उनले चौधरी खवरका पत्रकार दिनेश चौधरीलाई सो कुराको अवगत गराएपछि आज मंगलवार जनप्रतिनिधीको टोली राहत लिएर डुवान क्षेत्र पुगेको जनाइएको छ ।
जननेता पन्त आपतविपदका बेला आफ्नो ज्यान हत्केलामा राखि यसरी उद्धार कार्यमा सरिक हुन्छन् हेर्नुहोस् भिडियो सहित
Discussion about this post