वाढीको ताण्डप : बेलडाँडीको गणेश माविमा ठुलो क्षति, महत्वपूर्ण कागजात नष्ट

कञ्चनपुर । चारदिनदेखि लगातार रुपमा परिरहेको बर्षातको कारण आएको बाढीले कञ्चनपुरको बेलडाँडी स्थित वडा नं.५ इमलियामा रहेको गणेश माध्यमिक विद्यालयमा ठुलो क्षति भएको छ ।

चौधर नदीको नहरको ड्याम फुटेपछि हिजो सोमवार बेलडाँडी ५ गणेश माध्यमिक विद्यालयको ठिक अगाडी देखि बाढी गाउँमा प्रवेश गरेको छ । बाढी प्रवेश गर्दा मुखैमा रहेको गणेश माविले ठुलो क्षति बेर्होनु परेको छ । विद्यालयमा रहेका महत्पूर्ण कागजात सहित बाढीका कारण भौतिक संरचना नष्ट भएको सोही विद्यालयका प्रधानाध्यापक जनक बहादुर थापाले बताए ।

‘वाढीले विद्यालय संचालनमा समस्या आएको छ, ‘उनले ‘विद्यालयको १ करोडको हाराहारिमा नोक्सान भएको अनुमान गर्दै विद्यालयका महत्वपुर्ण कागजात नष्टभएको प्रति चिन्ता ब्यक्त गर्नु भयो । अव अगाडी कसरी बढ्ने भन्ने विषय सोच्नै नसकिएको वहाँले बताउदै तत्काल पुर्ननिर्माण नहुन्जेल सम्म पठनपाठनमा समेत समस्या हुने बताउनु भयो ।

हिजो प्रअ थापा लगायतका शिक्षकहरुले विद्यालयमा भएको क्षतिको स्थलगत अनुगमन गर्दै प्रहरीलाई बोलाएर मुचुल्का गरिने बताउनु भयो । विद्यालय पुर्ननिर्माण र संचालनका लागि स्थानीय सरकार सहितका निकायलाई अनुगमनका लागि अनुरोध गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित