पहिलो पटक कञ्चनपुरले गृहमन्त्री पाएको भन्दै पुरानो सदरमुकाम बेलाैरीमा दीपावली मनाईयो(भिडियो सहित)

कञ्चनपुर, ३१ असार । दुई ठुला राजनीतिक दल : नेपाली काँग्रेस र नेकपा एमालेविच भएको सत्ता समिकरण अनुरुप कञ्चनपुरले गृहमन्त्री पाएको छ ।
कञ्चनपुरले पहिलोपटक गृहमन्त्री पाएको भन्दै कञ्चनपुरको पुरानो सदरमुकाम बेलाैरीमा आज साझ दीपावली मनाईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सुदूरपश्चिमबाट चार क्याबिनेटमन्त्री नियुक्त भएका छन । गृह रमेश लेखक, परराष्ट्र राजुराणा(देउवा), उद्योगमा दामोदर भण्डारी र पर्यटनमा बद्री पाण्डे नियुक्त भएका छन ।
पहिलो पटक सुदूरपश्चिम तथा कञ्चनपुरले गृहमन्त्री पाएको छ ।

यस अघि ०४८देखि०७९सम्म भएका आम निर्वाचन प्रतिनिधी सभा सदस्य(संसद)का निर्वाचनमा कञ्चनपुरबाट निर्वाचित भएका संसद गृहमन्त्री भएका थिएनन । पहिलो पटक कञ्चनपुरले गृहमन्त्री पाएको भन्दै लेखकका शुभचिन्तकहरूले दिपावली बनाएका हुन ।
०७९ सालमा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट निर्वाचित संसद रमेश लेखक पहिलो पटक गृहमन्त्री भएका हुन ।
यस अघि लेखक ०५६मा चुनाव जितेपछि दलको सचेतक भएका थिए । ०६२मा संसद पुर्नस्थापना भएपछि लेखक राज्यमन्त्री हुँदै मन्त्री भएका थिए ।

०७०मा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा संसदमा निर्वाचित भएका लेखक भौतिक पूर्वाधारमन्त्री र अहिले ०७९मा सम्पन्न भएको निर्वाचनमा संसदमा निर्वाचित लेखक गृहमन्त्री भएका हुन । ०७४मा एमाले, माओवादीका साझा उम्मेदवार एमाले नेता डा. दीपक प्रकास भट्टसंग पराजित भएका थिए ।

यस अघि कञ्चनपुरबाट पञ्चायतकालमा राजाबाट मनोनित भएका लबरु राना मन्त्री, त्यसपछि ०४८ यता कञ्चनपुरबाट निर्वाचित भएका संसद एनपी साउद सिँचाई, परराष्ट्रमन्त्री, बिना मगर खानेपानीमन्त्री, तारणीदत्त चटौत पर्यटन मन्त्री, उर्वादत्त पन्त शिक्षाराज्यमन्त्री भएका थिए ।

भिडियो 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित