बेलडाँडी । केहिदिन अघि लगातार ४ दिन परेको अविरल बर्षाका कारण कञ्चनपुरका विभिन्न ठाउँमा बाढी तथा ढुवान निम्तिएको थियो । सोही क्रममा दोधरा चाँदनी नगरपालिका वडा नं.३ को जोगबुडा बाधबाट नयाँ बस्तीमा बाढी पस्यो । बाढीका कारण पिडित बनेकाहरुलाई महेन्द्रनरमा रहेको कोहिनूर स्पाका संचालक मनकारी नरेन्द्र शाहले बुधवार राहत स्वरुप खाद्यन्न सहयोग गरेका छन् ।
उक्त बस्तीमा अहिले सम्म कसैले राहत सहयोग नगरेको खवर सुनेपछि शाह आफै राहत लिएर त्यहाँ गएका थिए । बस्तीमा रहेका १५ घरधुरीलाई प्रत्येक घरमा १०केजी चामल, २केजी दाल, १ केजी नुन र १ केजी तेल पुग्ने गरी खाद्यान्न सहयोग गरेको स्पाले जनाएको छ ।
देशका विभिन्न ठाँउमा स्पा संचालन गरेका शाह बेलडाँडी निवासी हुन् । उनले सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आएका छन् । यस्तै विभिन्न समयमा खेलडाँडीहरुलाई खेलसामग्री समेत वितरण गर्दै आएका थिए ।
Discussion about this post