बैजनाथ मावि जडेपानीको प्रद्यानाध्यापकमा पन्त

कञ्चनपुर, ३ साउन । कञ्चनपुर बेदकोट नगरपालिकाको एक सामुदायिक विद्यालयको प्रद्यानाध्यापकमा युवा शिक्षक नवराज पन्तलाई जिम्मेबारी दिईएको छ ।

बेदकोट नगरपालिका २जडेपानीको बैजनाथ माध्यामिक विद्यालयको प्रद्यानाध्यापकमा युवा शिक्षक पन्तलाई जिम्मेबारी दिईएको हो ।
विद्यालय व्यवस्थापन समितिले माध्यामिक तहका शिक्षक पन्तलाई प्रअकै जिम्मेबारी दिएको जनाईएको छ । माध्यामिक तह अग्रेजी विषयमा शिक्षक पन्तलाई बिहीबार(३साउन)देखि प्रअको जिम्मेबारी दिएको हो ।

झण्डै १८ बर्षदेखि शिक्षण पेशामा रहेका शिक्षक पन्तले ०७१ सालमा शिक्षक सेवा आयोग निकालेका थिए । स्थायी भएपछि शिक्षक पन्तले राष्ट्रिय मावि पहरिया, सरस्वती मावि महुलिया, घटाल मावि सुडामा शिक्षण गरेका थिए । घटाल माविबाट बैजनाथमा सरुवा भएका शिक्षक पन्तलाई अहिले प्रअको जिम्मेबारी पाईएको हो ।

शिक्षक तालिम केन्द्र महेन्द्रनगरका रोष्टर शिक्षक समेत रहेका अग्रेजी विषयका शिक्षक पन्तले प्रअको जिम्मेबारी पाएपछि अग्रेजी सहित समग्र विद्यालयको शैक्षिक स्तर बृद्धिमा अपेक्षा गरिएको छ ।

बैजनाथ माध्यामिक विद्यालयको प्रअमा जिम्मेबारी पाएपछि प्रअ नवराज पन्तले सामुदायिक विद्यालयको बृद्धि विकास शैक्षिक सुधारका कार्यक्तम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रअ पन्तले शिक्षक, अभिभावक, सामुदायिक सहितका सरोकारवाला निकायसंगको समन्वय गरेर अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित