कञ्चनपुर, ३ साउन। अनुमती बिनै कञ्चनपुरको एक स्वास्थ्य चौकी कार्यालय परिसरमा रुख काटिएका छन । कृष्णपुर नगरपालिका ८ रैकवारविचुवा स्वास्थ्यचौकी परिसरमा रहेका सालका रुख काटिएका हुन ।
हालै स्वास्थ्य चौकी परिसरमा रहेका रुख काटिएपछी स्थानीयले बिरोध गरेका छन । उनीहरुले मिलोमतोमा अनुमती बिनै सरकारी कार्यालय परिसरमा रुख काट्ने काम गैर कानुनी भएको भन्दै घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।
स्थानीयहरुका अनुसार स्वास्थ्यचौकी परिसरमा रहेका चार रुख काटिएका छन । सालका रुख काटिएर गोलिया बनाउन थालेपछि स्थानीयले किन काटेको भन्दै प्रशन गर्न थालेका छन ।
पिपरैया सव डिभिजन वन कार्यालयका रेञ्जर नविन सिहले रैकवारविचुवा स्वास्थ्यचौकी परिसरमा रहेका तीन रुख मात्रै काटिएको बताए । रेञ्जर सिहले स्वास्थ्य चौकी परिषरमा रुख काट्नका लागि अनुमती नलिएको बताए ।
‘त्यहाँ रुख काट्नका लागि हामीसंग कुनैपनि कसैले पनि अनुमती लिएको छैन, ‘रेञ्जर सिहले भने, ‘रुख काटिएका स्थलको मुचुक्का संकलन गरेर घटना बारे अनुसन्धान गछौँ ।’ रेञ्जर सिहकै भनाई अनुरुप पनि उक्त स्वास्थ्य चौकी परिषरमा रहेका रुख काट्ने काम गैर कानुनी अवैध रहेको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम बहादुर कडेलले स्वास्थ्य चौकी परिसरमा रहेका रुख काटिएको विषयमा अनुसन्धान गरिने र दोषि भए कार्बाही गर्ने बताए । रैकवारविचुवा स्वास्थ्यचौकी इन्चार्ज तारादत्त बोहराले तीन बर्ष अघि ढलेपढेका रुख काटेको बताए ।
‘रैकवाविचुवा स्वास्थ्यचौकी व्यवस्थापन समितिले निर्णय गरेर रुख काटेको हो, ‘उनले भने, ‘ढलेका मात्रै काटेका हौँ, तर अनुमती भने लिएनौँ ।’ स्वास्थ्य चौकी इन्चार्ज बोहराले स्वास्थ्यचौकी बर्थिङ्ग सेन्टर पनि भएकाले हिउँदका बेला सुत्केरी हुन आउने महिलाका आफन्तहरुलाई आगो ताप्नका सहजताका लागि भित्र प्वाल परेका रुख मात्रै काटिएको बताए ।
अनुमती बिनै किन ?रुख काटिनुभयो भन्ने प्रशसनमा उनले समितिको निर्णय ढलेका रुख बारे ३ बर्ष अघि डिभिजन वन कार्यालयलाई सबै विवरण बुझाएरै काटेको बताए । सरक्षणकर्मीहरुले वन पर्यावरणमा गैर कानुनी रुपमा भएका सबै गतिबिधीमाथि छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।
Discussion about this post