केबी नेपाली, साउन ३ । कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयको प्रद्यानाध्यापकमा युवा शिक्षक भानुभक्त जोशीलाई जिम्मेबारी दिईएको छ ।
बेदकोट नगरपालिका ४बगुनको सिद्ध बैजनाथ माविको प्रद्यानाध्यापकमा युवा शिक्षक भानुभक्त जोशीलाई जिम्मेबारी दिईएको हो । माध्यामिक तह नेपाली विषयका शिक्षक जोशीलाई बिहीबारदेखि सिद्ध बैजनाथ माविको प्रद्यानाध्यापकमा युवा शिक्षक भानुभक्त जोशीलाई जिम्मेबारी दिईएको विद्यालयले जनाएको छ ।
०७२साल शिक्षक सेवा आयोग निकालेका शिक्षक जोशी बेदकोट नगर ८गैलनदी स्थित बैजनाथ माविमा शिक्षण गरेका थिए । क्षेत्रीय शिक्षा निर्देशनालयका रोष्टर शिक्षक एव कञ्चनपुरका नेपाली विषयका विषयविज्ञ शिक्षक समेत रहेका जोशीले प्रअको जिम्मेबारी पाएका हुन ।
सिद्ध बैजनाथ माविको प्रद्यानाध्यापकको जिम्मेबारी पाएका प्रअ भानुभक्त जोशीले सरोकारवालासंगको सहकार्यमा सामुदायिक विद्यालयको बृद्धि विकास एव शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
Discussion about this post