त्रिशूली नदीमा बेपत्ता भएको एक सातासम्म शव नभटेपछि परिवारले गरे कुशको शव बनाएर अन्तिम संस्कार

चितवन,सिमलताल पहिरोमा परेर दुईवटा बस त्रिशूली नदीमा खस्दा बाराका चारजना बेपत्ता भएका थिए। घटनाको एक सातासम्म शव फेला नभएपछि चारमध्ये तीनजनाको परिवारले कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेका छन्।

उक्त घटनामा परेका बाराका चारयात्रुमा प्रसौनी गाउँपालिका– २ का ताराचन्द कुर्मी, उनकी पत्नी कुसुवदेवी, बिश्रामपुर– ३ का प्रमानन्द पंडित र कलैया उपमहानगरपालिका– १४ की सृष्टि यादवको अवस्था अझै अज्ञात छ।लगातार खोजी गर्दा पनि उनीहरू जीवित रहेको यकिन हुन नसकेको तथा शव पनि फेला नपरेको कारण परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गर्ने कार्य सुरु गरेका हुन्।

त्रिशूली नदीमा बेपत्ता भएकी सृष्टि यादवको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन्। घटनाको आठौँ दिनसम्म अवस्था पत्ता नलागेपछि कलैया उपमहानगरपालिका– १४ की सृष्टिका अभिभावकले कुशको शव बनाएर शुक्रबार अन्तिमसंस्कार गरेका छन् ।

यस्तै, उक्त घटनामा परेका बाराका प्रसौनी गाउँपालिकाका– २ का ताराचन्द कुर्मी, उनकी पत्नी कुसुवदेवीको बुधवार नै परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका थिए।शव फेला नपरेको र जीवित हुनसक्ने आशा पनि मरेकोले धार्मिक विधिअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको सृष्टिका परिवारले कताएका छन्।

सृष्टि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रूपमा कार्यरत थिइन्। जापान जाने तयारीका निम्ति परीक्षा दिन उनी बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्सबाट काठमाडौंतर्फ जाँदै थिइन्। भने

यता, बिश्रामपुर– ३ का प्रमानन्द पंडितको अवस्था पनि अहिलेसम्म अज्ञात नै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित