बेलडाँडीमा एक कुखुरापालन किसानको खोरमा संकास्पद तरिकाले ४ सय ८० भन्दा बढी कुखुरा मारिएको फेला, किसान चिन्तित

बेलडाँडी ६ साउन । बेलडाँडी गाउँपालिका वडा नं.२ रहेको एक कुखुरा फर्ममा ४ सय ८० भन्दा बढी कुखुरा संकास्पद तरिकाले मारिएको फेला परेको छ । बेलडाँडी कृषि तथा पशुपालन फर्ममा ४ गते राती फर्ममा कुखुरा संकास्पद तरिकाले मारिएको फेला परेको फर्मका संचालक नरेन्द्र रोकायाले जानकारी गराउनु भयो ।

उहाँका अनुसार विहान फर्म खोलेर हेर्दा झण्डै ५ सयको हाराहारिमा कुखुरा मरेको अवस्थामा फेला परेको बताउदै बन्द कुखुरा खोर भित्र कुकुर फेला परेको बताए । बन्द कुखुराको खोरमा कसरी कुकुर पस्यो कसैले कुकुर भित्र हालिदिएको संका भएको बताए । रातीनै कुकुर गएको भए कुखुराले दाना नखाएको हुनुपर्ने त्यो बिहान लगभग ३ बजेको समयमा कसैले कुकुर लगेर भित्र हालिदिएको हुन सक्ने वहाँले बताउनु भयो । खोरमा कुनै भित्र जाने अन्य बाटो नभएको बताउदै रोकायाले कसैले रिस साद्न यस्तो गरेको हुन सक्ने आशंका गर्नु भयो ।

त्यही छिमेकीको खोरबाट समेत १ दिनअगाडी कुखुरा चोरी भएको जनाउदै हाम्रो खोरमा समेत ती चोरले यस्तो गरेको हुन सक्ने आशंका गर्नु भयो । रोकायाले भित्र भेटिएको कुकुरलाई मारिदिएका छन् । कुकुर कसको हो भन्ने समेत एकिन नभएको वहाँले बताउनु भयो ।

रोकायाले २ हजार कुखुरा दुबै खोरमा हालेको जनाउदै उक्त खोरमा ७ सय ५० कुखुरा हालेका थिए । २,४ दिन भित्र बेच्ने तयारी भएका बेला यस्तो घटना घटेको हो । अहिले कुखुराको तौत दुई किलो पुगनपुग भएको जनाए ।

यसरी बेच्नेबेला यस्तो घटना घट्दा रोकायाले ठुलो क्षति बेर्होनु परेको छ । रोकायाले चल्ला, दाना,औषधीको पैसा दिन बाँकी भएका बेला यत्रो ठुलो क्षति हुदा अव साहुहरुको पैसा कसरी तिर्ने भन्ने चिन्ता व्यक्त गर्नु भयो ।
आफ्नै ठाउँमा केहि गर्नुपर्छ भन्दै बैदेशिक रोजगारीबाट घरफर्केका रोकायाले कुखुरा पालन रोजेका थिए । केहि गर्नुपर्छ भन्ने आट गरेका रोकायाले यस्तो क्षति बेर्होनु पर्दा दिक्क लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित