बेलडाँडी,७ साउन । केन्द्रमा कांग्रेस र एमालेको नयाँ गठबन्धन भएपछि नेपाली कांग्रेसले कमल शाहलाई पुनः मुख्यमन्त्रीमा दोहर्याउने की नयाँ सिनीयर नेतालाई चान्सदिने भन्ने बिषयमा काँग्रेस भित्र बहस चलेको छ । केहि नेताले शाहलाई पुनः दोहर्याउनु पर्नेमा जोड दिएका छन् भने केहि नेताले सिनीयर नेता दिवान सिंह बिष्टलाई मुख्यमन्त्री बनाउनु पर्नेमा जोडदिदै आएका छन् ।
यसअघि नेकपा माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्तीको सर्मथनमा १४ महिना सुदूरपश्चिम सरकारको नेतृत्व गरिसकेका शाहलाई फेरि मुख्यमन्त्रीको जिम्मेवारी दिनु हुन्न भन्दै बिष्ट पक्षले पार्टी भित्र दबाव बनाइराखेका छन् भने नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले नै मुख्यमन्त्री बन्नुपर्ने शाह पक्षले माग गरिराखेका छन् ।
३ वटा निर्वाचन क्षेत्र रहेको कंचनपुरका २ वटा निर्वाचन क्षेत्रले काङ्ग्रेसका तर्फबाट पालैपालो मन्त्री पाउँदा क्षेत्र नम्बर १ बाट काङ्ग्रेसले अहिले सम्म मन्त्री पाएको छैन ।
पछिल्लो समयमा अन्य दलहरू नेकपा एमाले ,नेकपा माओवादी केन्द्र र नेकपा एसले प्रतिनिधिसभा र प्रदेश सभामा कंचनपुरका ३ वटै निर्वाचन क्षेत्रका सांसद मन्त्रीपरिषदमा समाबेस गरेको छ। तर नेपाली कांग्रेसले भने क्षेत्र नम्बर १ का सांसदलाई मन्त्रीपरिषदमा समाबेश नगरेको भन्दै कञ्चनपुर क्षेत्र नं.१ का काँग्रेसीहरुले जोडदारका साथ न्याय मागिराखेका छन् ।
यस्तै, नेपाली कांग्रेसभित्रै मुख्यमन्त्रीका लागी प्रकाश देउवा, बहादुरसिंह थापा लगायतका नेताहरुको नाम समेत चर्चामा रहेको छ ।
मुख्यमन्त्री शाह २०७९ माघ २६ गते सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने नेकपा एमाले र माओवादी, रास्वपा लगायतका दलको नयाँ समीकरण बनेपछि गत चैत २२ गते राजिनामा दिएका थिए।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका ७, नेकपा (एकीकृत समाजवादी)का ४ र राप्रपा १ तथा स्वतन्त्र सांसद १ जना छन् । विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ ।
Discussion about this post