जुम्लामा धुवाँमा निसासिएर १२ दिनकी सुत्केरी र उनकी बहिनीको मृत्यु

जुम्लामा धुवाँमा निसासिएर १२ दिनकी सुत्केरी र उनकी बहिनीको मृत्यु भएको छ ।आइतबार राति सुत्केरीलाई न्यानो पार्न बालिएको आगोको धुवाँमा निसासिएर चन्दननाथ नगरपालिका– ५ कालेखोलीकी २२ वर्षीया मायालक्ष्मी रोकाया, १९ वर्षीया जुनमाया रोकाया र १२ दिनको शिशु गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल खलंगा पुर्‍याएको थियो । मायालक्ष्मीको उपचारको क्रममा सोमबार र उनकी बहिनी जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।बच्चाको आईसीयूमा उपचार भइरहेको छ ।

बहिनी जुनमाया भने दिदीको स्याहारका लागि आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित