बेलौरी, ९ साउन । बेलौरी नगरपालिकाले १ बर्षमा साढे तीन लाख भन्दा बढीको इलेक्ट्रिक जग खरिद गर्दा स्थानीय हैरान भएका छन् । बेलौरी नगरपालिकाले आर्थिक बर्ष २०७९।८० मा ३ लाख ५३ हजार ८ सय ७३ रुपैयाँ बराबरका इलेक्ट्रिक जग खरिद गरेको महालेखापरीक्षकको कार्यालयले अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरेको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५ मा १ लाख रूपैयाँ भन्दा बढीको खरिद कार्य गर्दा लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाले खरिद कार्य गर्दा लागत अनुमान वेगर निम्न भौ.नं. र मितिवाट निम्न सामानहरू खरिद गरेको छ । पालिकाले सामानको स्पेसिफिकेसन सहितको लागत अनुमान तयार गरि खरिद गर्नेतर्फ ध्यान दिनुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसरी लागत अनुमान वेगर खरिद गरेको इलेक्ट्रिक जग कहाँ गए स्थानीयले खोजीकार्य गरिनुपर्नेमा जोड दिएका छन् । उनीहरुका अनुसार यो पैसा खाने खेल बाहेक अन्य केहि नभएको जिकिर गरेका छन् । यस विषयमा बेलौरी नगरप्रमुख पोतिलात चौधरीलाई बुझ्न कलगर्दा उहाँको फोन उठेन । यसरी अन्य ठाउँमा समेत ठुलो आर्थिक चहखेलभएको स्थानीयले आरोप लगाउदै आएका छन् ।
Discussion about this post