धनगढी, १२ श्रावण। कैलाली स्थित धनगढीको नोभा अस्पतालमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ दिनापुरका एक किशोरको मृत्यु भएको छ।जन्डिस भएको भनेर श्रावण ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षका नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको हो ।
मृतकका आफन्तहरुले अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको बताएका छन। चौधरी मृत्यु पश्चात् अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ।श्रावण ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
नसिभका मामा फुलाराम चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाउनुभएको छ। परिवारले अस्पताल प्रशासनलाई बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका समेत चौधरीले बताउनुभयो।
अस्पतालले न त उचित उपचार गर्यो, न त रिफर नै गर्यो।परिवारले शव नबुझ्ने अडान लिएका छन् ।उता अस्पताल प्रशासनले भने लापरबाही नरहेको जनाएको छ। आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् ।
Discussion about this post