हिजो देखि बस्ती पसेको बाघले एकजना महिलाको ज्यान लियो

खडक रावल/कञ्चनपुर, १७ साउन । हिजो देखि बस्ती पसेको बाघले एक जना महिलाको ज्यान लिएको छ ।

बिहीबार बिहान साढे १० बजेतिर बाघको आक्रमणबाट दोधाराचाँदनी नगरपालिका २ चाँदनी कमलाशाही टोलकी अन्दाजी २३ बर्षिया महिला हिरा शाहीको मृत्यु भएको हो ।

बिहानै घाँस काट्न उखुबारीमा गएकी शाहीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश जोशीले जंगली बाघको आक्रमणबाट घाँस काटन गएकी महिलाको मृत्यु भएको बताए ।

दुई दिन अघि मात्रै बाघको आक्रमणमा परेर शुक्लाफाँटा नगरपालिका ५ खजुवाकी ३० बर्षिया महिला मानमती साउद घाईते भएको दोस्रो दिन बाघले दोधाराचाँदनीमा आक्रमण गरेको छ । अहिलेपनि बाघ उखुबारीमै लुकेको छ ।

बाघको खोजिकार्यका लागि निकुञ्जबाट हात्ती मगाईएको छ । स्थानीयले बाघ नियन्त्रण गरेर चिडियाखानामा राख्न माग अघि सारेका छन ।
तीन बर्षमा कञ्चनपुरमा बाघको आक्रमणबाट तीन महिलाले ज्यान गुमाएका छन ।

गत बर्ष ८ बैशाख ०८०मा उखुबारीमै घाँस काट्ने क्रममा बेलौरी नगरपालिका ८पचुईकी ४० बर्षिया गंगा चन्दको मृत्यु भएको थियो । त्यसको अधिल्लो बर्ष १० चैत्र ०७९मा पुनर्वास नगरपालिका १० विकासबस्तीकी ३५ बर्षिया कमला सार्कीको घाँस काट्ने क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित