उखुबारी पसेको बाघ राती भएकाले नियन्त्रणमा ल्याउन सिकिएन, भोली मात्र खोजी गरिने

दोधारा । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका २ मा एक महिला माथि आक्रमण गरि ज्यान लिने बाघलाई राती परेकाले नियन्त्रणमा ल्याउन सकिएको छैन । आज बिहान बाघको आक्रमणमा परि २३ वर्षीय हिरा शाहुको मृत्यु भएको थियो ।

धान खेतमा घास काटिरहेकी उनी माथी बाघले आक्रमण गरेर उखुबारीमा लगेको थियो । बिहानै देखि घेरा हाली राखेको बाघलाई नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक डार्क टोली र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खटिएको ४ वटा हात्ती सहितको टोलीले राती परेका कारण बाघ नियन्त्रणा ल्याउन नसकिएको जनाएका छन् । लगातार बाघ नियन्त्रण ल्याउन प्रयास गरे पनि टोली आज असफल भएको छ ।

रातको समयमा खोजी कार्यमा समस्या हुने भएकाले भोलि बिहानबाट खोजी कार्य गर्ने या अहिले थप कसरी अघि बढ्ने विषयमा छलफल हुन बाकी रहेको निकुञ्जले जनाएको छ । बाघ नियन्त्रणमा नआएपछि स्थानीयहरु झन त्रसित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित