दोधाराचाँदनीमा गएराती चार बाख्रा खाएपछि गाँउमा त्रास, अर्को बाघ आएको स्थानीयको दावि

खडक रावल/कञ्चनपुर, १९ साउन । १७ साउन बाघको आक्रमणबाट दोधाराचादनी नगरपालिका २ कमलशाह टोलकी २६ बर्षिया हिराकुमारी शाहको ज्यानगएसंगै उक्त बाघ नियन्त्रणमा लिएर बर्दिया राष्ट्रिय निकुञ्जको बन्यजन्तु उद्दार केन्द्र रम्मापुरमा राखिएको छ ।
तर, गयरातीदेखि नै गाँउमा अर्को बाघ पसेको भन्दै त्रास देखिएको छ । स्थानीहरुले रातीका बेला बाघ जस्तो जनावर गाँउमा पसेको भन्दै जनप्रतिनिधी, प्रहरी र निकुञ्जलाई खबर गरेका थिए । स्थानीयका अनुसार देविस्थानका महेश रोकाया, जमुनाभाडीका ओम प्रकास रोकाया, श्याम सुनार र धन ब. सुनारको एक/एक बाख्रा खाएको छ । चारै किसानको गोठमा बाँधेका बाख्रामाथि आक्रमण गरेको छ ।

दोधाराचाँदनी नगरपालिका ३ का स्थानीय देवेन्द्र भण्डारीले गाँउमा शुक्रबार रातीदेखि नै पुन अर्को बाघ देखिएको बताए ।भण्डारीले हिजैदेखि गाँउमा बाघ आएको हल्ला र गाँउमा चार बाख्रा खाएको घटनाले पनि बाघ पुन अर्को बाघ आएको दावि गरेका छन ।

‘हिजो गाँउमा बाघ आएको हल्लापछि रातभरी अलग अलग स्थानमा गोठमै बाँधेका बाखा बाघले खाएको यो घटनाले पनि गाँउका बाघ पसेको प्रमाणित हुन्छ, ‘उनले भने, ‘अब सचेतहुनुपर्ने र खोजी गरेर नियन्त्रण गर्नुपर्छ ।’
हिराकुमारीको ज्यान लिएको गाँँउमा बाघ आएको होहल्ला चलेपनि उक्त उखुबारीमा राँगो छाडिएको छ ।

बिहानसम्म राँगो जिउँदै भेटिएको छ, न बाघ स्पष्ट देखिएको छ । हिराकुमारीको ज्यान लिने बाघ भएको उखुबारीमा बिहीबार राती राँगो छाडिएको थियो । भाले बाघले उक्त राँगो खाईदिएको थियो । बाघ भएको पत्ता लगाउन रागो राखिएको थियो । दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले नगरका अलग अलग गोठबाट चार बाख्रा खसी आएको बताए ।

‘बाख्रा खाएको आधारमा बाघ गाँउ पसेको अनुमान गर्न सकिन्छ, ‘उनले भने, ‘सबै बाख्रा बाघले मात्रै खाएको विश्वास गर्ने आधार छैन, तैपनि नगरबासीले सचेत हुनुपर्छ ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख प्रमोद कुमार यादवले दोधाराचाँदनीमा बाख्रा खाएको खबर आएको बताए । शुक्रबार राती नै बाघ देखिएको भनिएको स्थानमा राँगो छाड्रिएको र केही स्थानमा ड्रोन क्यामेराबाट हेरेपनि केही नभेटिएको बताए ।

‘फोटो हेर्दा डोरी समेत घाटिबाट चुटिएको छैन, बाख्राको पेट शरिरको भागमा आक्र्रमण गरेको देखियो, बाघले नै हो भनेर प्रमाणित भएको छैन, ‘उनले भने, अब प्राविधिक टोली पठाएर अनुसन्धान गछौँ ।’ स्थानीयले हिराकुमारीमाथि आक्र्मण गर्ने भाले बाघसंगै रहेको पोथिबाघ अथवा बाख्रा खाने बाघ नभई चितुवा हो कि भनेर पनि आशंका गरिएको छ ।

दोधाराचाँदनीमा बाघ भारतीय पिलिभित टाईगर रिर्जब जंगलबाट आएको अनुमान लगाएका छन । दोधाराचाँदनीमा बाघले मानिसमाथि आक्र्रमण गरेर मृत्युबरण र बाख्रा खाएसंगै बेलौरी नगरपालिका ९ झर्नासागरमा देखिएको छ । शनिबार बिहान दुध पु¥याउने स्थानीयले देखेपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित