अखिल नेपाल शिक्षक संगठन सुप प्रदेशको प्रथम सम्मेलन, प्रदेश अध्यक्षमा भट्ट

गजेन्द्र बहादुर चन्द, साउन १९ । अखिल नेपाल शिक्षक संगठनको सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलन भएको छ । शनिबार महेन्द्रनगरमा अखिल नेपाल शिक्षक संगठनको सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलन भएको हो ।

सम्मेलनबाट प्रदेश र जिल्ला कार्य समिति चयन गरिएको छ । अखिल नेपाल शिक्षक संगठनको सुदूरपश्चिमको अध्यक्षमा विष्णूदत्त भट्ट र कञ्चनपुर अध्यक्षमा पुष्पमणी जोशी चयन भएका छन ।
प्रदेश सह अध्यक्ष राम प्रशाद तिम्लिसिना,उपाध्यक्ष कुसुम न्यौपाने, गोपाल दत्त जोशी, चुडामणी न्यौपाने, महासचिव प्रदिप जैसी, उपमहासचिव अर्थ तुलाधर साउद, हरिदत्त भट्ट महिला सचिव निर्मला पन्त, सदस्य बिर्ख विक, अमर बहादुर चलाउने, ढण्डराज जोशी रहेका छन ।

यसैगरी कञ्चनपुर सहध्यक्षमा दुर्गा जोशी, उपाध्यक्षद्वय लक्ष्मी भट्ट, जानकी महरा, सचिव खगेन्द्र प्रशाद भट्ट, सह सचिव अर्थ अभयराज जोशी, सह सचिव महिला तुलसी बडू, सदस्य दिपकराज जोशी, राज कुँवर रहेका छन ।
अखिल नेपाल शिक्षक सगठन सुप प्रदेशका अध्यक्ष विष्णूदत्त भट्ट र कञ्चनपुर अध्यक्ष पुष्पमणी जोशीले शिक्षकको हकहितका साथै सामुदायिक विद्यालय सुधारदेखि समग्र शैक्षिक क्षेत्रका विकृती हटाउने प्रण गरेका छन ।

अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको जिम्मेबारी पाएका जिल्ला अध्यक्ष पुष्पमणी जोशीले संगठनले समग्र नेपाली शिक्षकको पेशागत हकहितका क्षेत्रमा काम गर्ने र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने प्रतिबद्धता जाहेर गरेका छन । अध्यक्ष जोशीले शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या निराकरणका लागि संगठनका तर्फबाट भरपुर भूमिका निर्वाहमा जोडदिए ।

कार्यक्रमको अखिल नेपाल शिक्षक संगठन लक्षीराम शर्मा(ढकाल) रहेका थिए । कार्यक्तममा शिक्षक संघ संगठनका अगुवाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित