कमलबहादुर शाह बने सुदूरपश्चिम प्रदेशमा चौथो मुख्यमन्त्री

धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शाहको मुख्यमन्त्रीमा यो दोस्रो कार्यकाल हो । उनी सुदूरपश्चिमको चौथौं मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन् । प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा माओवादीका त्रिलोचन भट्ट पुरै कार्यकाल मुख्यमन्त्री भए । उनले पाँच वर्ष स्थिर सरकार चलाए ।

प्रदेश नेतृत्वको दोस्रो कार्यकाल पनि अस्थिर बन्यो । २०७९ पौष २७ गते एमाले, माओवादी, नागरिक उन्मुक्तिको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भए । तर रावल नेतृत्वको सरकार एक महिनाभन्दा बढी टिक्न सकेन । उनले विश्वासको मत नपाएपछि सरकार ढलेको थियो ।

रावलपछि प्रदेशसभाको ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भए । तर मुख्यमन्त्री भएको १४ महिनापछि चैत्र २२ गते शाहले राजीनामा दिए । शाहपछि एमाले, माओवादी, उन्मुक्तिका दुई सांसद तथा स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्रीमा नियुक्त भए ।

केन्द्रमा असार १७ गते एमाले र कांग्रेसबिच राजनीतिक समझदारी भएपछि सोडारी नेतृत्वको सरकार अल्पमत पर्यो र अन्ततः उनले साउन १८ गते राजीनामा दिए । त्यसपछि आज कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित