धनगढी । नेकपा एमालेका कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर१(क) बाट निर्वाचित प्रदेश सभा सदस्य बिर बहादुर थापा (पातल) सुदूरपश्चि प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् । हिजो सोमवार पदभार ग्रहण गरे लगत्तै सहकारी संघ–सस्थाको अनुगमन तथा निरक्षण सम्बन्धी निर्देशिका तर्जुमा प्रक्रिया अगाडी बढाउने पहिलो निर्णय गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ लिए लगत्तै पदभार ग्रहण गर्न मन्त्रालय पुगेको थापाले उक्त निर्णय गरेका हुन । पछिल्लो समय सहकारी संस्थामा देखिएका समस्या र समाधानका उपाय सहित सहकारीका विषयहरु लाई पार लगाउन यस्तो निर्णय गरेको उनी निकट रमेश थापाले जानकारी गराउनु भयो । उनले सपथपछि कार्यभार सम्हाल्दै मन्त्रालय मातहतका निकाय तथा कार्यरत कर्मचारीहरुमा सुशासन कायम गरि सेवा प्रवाहलाइ चुस्त दुरुस्त प्रभावकारी र जनमुखी बनाउने सबैले लाग्नु पर्ने बताएका थिए ।
कंचनपुरको क्षेत्र नम्बर १ प्रदेश सभा(क) बाट निर्वाचित थापा इमान्दार निष्ठावान जनप्रिय नेता हुन् । कम्युनिष्ट आन्दोलनलाई यो उचाईमा पुर्याउने क्रममा जेलनेल समेतकाटेका नेता थापा, हक्की र निडर स्वभावका व्यक्ति हुन् ।
यस अघि मात्रै थापा सुदूरपश्चिम प्रदेशको वन, वातावरण तथा सहकारी मन्त्रीको रुपमा पदभार ग्रहण लिएको केहि दिनमै राजनितिक समिकरण बदलिदा राजिनामा दिएका थिए ।
Discussion about this post