सुदूरपश्चिम प्रदेशका नवनियुक्त भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री थापालाई गृह जिल्लामा भब्य स्वागत

बेलडाँडी, २२साउन । सुदूरपश्चिम प्रदेशका नवनियुक्त भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा (पातल)लाई उनकै गृह जिल्ला कञ्चनपुरमा भब्य स्वागत गरिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ मा रहेको गौरीशंकरण माध्यमिक विद्यालयले ईमान्दार, निष्ठावान नैतिकवान मन्त्री सुदूरपश्चिमले पाएको भन्दै आज बिहानै विद्यालय परिसरमै भब्य स्वागत गरेका थिए ।

त्यस्तै लालझाडी गाउँपालिका रानाथारु समुदायको तीज मिलन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोलाएका नवनियुक्त मन्त्री थापालाई भब्य स्वागत गरेका थिए । स्वागतमा मन्त्री थापाले आफु पनि किसानको छोरो भएको बताउदै तपाईहरुको मायाले कृषि मन्त्री हुन पुगेको जनाउदै किसानका समस्या कसरी समाधान गर्न सकिन्छ र किसान प्रवद्र्धन कार्यक्रम ल्याउने बताए । यस क्षेत्रबाट पाल्ने जोकोही किसानले आफ्नो मन्त्रालयमा सजिलै आउन सक्ने र किसानका अधिकांस समस्या समाधानमा आफु लागि पर्ने बताए । थापालाई अहिले फोन, समाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट शुभकामना दिनेको ओइरो छ ।

हिजो सोमवार पदभार ग्रहण गरे लगत्तै सहकारी संघ–सस्थाको अनुगमन तथा निरक्षण सम्बन्धी निर्देशिका तर्जुमा प्रक्रिया अगाडी बढाउने पहिलो निर्णय समेत मन्त्री थापाले गरेका गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ लिए लगत्तै पदभार ग्रहण गर्न मन्त्रालय पुगेको थापाले उक्त निर्णय गरेका हुन । पछिल्लो समय सहकारी संस्थामा देखिएका समस्या र समाधानका उपाय सहित सहकारीका विषयहरु लाई पार लगाउन यस्तो निर्णय गरेको उनी निकट रमेश थापाले जानकारी गराउनु भयो । उनले सपथपछि कार्यभार सम्हाल्दै मन्त्रालय मातहतका निकाय तथा कार्यरत कर्मचारीहरुमा सुशासन कायम गरि सेवा प्रवाहलाइ चुस्त दुरुस्त प्रभावकारी र जनमुखी बनाउने सबैले लाग्नु पर्ने बताएका थिए ।

कंचनपुरको क्षेत्र नम्बर १ प्रदेश सभा(क) बाट निर्वाचित थापा इमान्दार निष्ठावान जनप्रिय नेता हुन् । कम्युनिष्ट आन्दोलनलाई यो उचाईमा पुर्याउने क्रममा जेलनेल समेतकाटेका नेता थापा, हक्की र निडर स्वभावका व्यक्ति हुन् । यस अघि मात्रै थापा सुदूरपश्चिम प्रदेशको वन, वातावरण तथा सहकारी मन्त्रीको रुपमा पदभार ग्रहण लिएको केहि दिनमै राजनितिक समिकरण बदलिदा राजिनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित