मुख्यमन्त्रीको दौडमा रहेका बिष्टले मन्त्री खान किन चाहेनन् ?

बेलडाँडी, २२ साउन

मुख्यमन्त्रीको दौडमा रहेका कञ्चनपुर क्षेत्र नं.१ (ख) बाट निर्वाचित प्रदेश सदस्य दिवान सिंह बिष्टले मुख्यमन्त्री नहुने भएपछि कुनै पनि मन्त्री पद समेत नखाने कुरा पाटी श्रोतलाई जनाएको कुरा यतिबेला बाहिरिएको छ ।

संविधान सभा सदस्य समेत रहेका बिष्ट पार्टीको अनुरोध र त्यतिबेला नेकपा माओवादी संगको गठवन्धका कारण पार्टीसंगको लामो छलफल पछि प्रदेश सदस्यमा चुनाव लडेका थिए । प्रदेशमा टिकट दिने बेला समेत बिष्टलाई मुख्यमन्त्री बनाउने गरी प्रदेशमा बस्न आग्रह गरेको नेपाली काँग्रेस बिष्ट निकट श्रोतले जनाएको छ । श्रोतका अनुसार त्यतिबेला बिना गठवन्धन पनि संघको चुनाव जित्ने आट गरेका बिष्टलाई मुख्यमन्त्री हाम्रो हिस्सा परे तपाईलाई मुख्यमन्त्री बनाउने पार्टीले जिम्मा लिएको बचनले हाम्रा माननीय प्रदेशमा खुम्चिन बाध्य भएको श्रोतको दावी छ ।

त्यसै आसले र काँग्रेस भित्रकै सिनीयर नेताका हिसावले समेत माननीय दिवान सिंह बिष्टको दावी स्वाभाविक रहेको उनीहरु बताउछन् । लोकत्रान्त्रिक पार्टीमा यस्तो समेत हुदो रहेछ भन्दै उनीहरुले गुनासो समेत गरेका छन् । बिष्ट पक्षधर नेता कार्यकर्ताहरु केहिदिन पार्टीका शीर्ष नेताहरुलाई संघिय राजधानी काठमाडौंमा भेटघाट गर्न समेत गएका थिए ।

पार्टी सभापति शेर बहादुर देउबाले उनको गुनासो नसुनिदिएपछि उनीहरु निराश हुदै घर फर्केका थिए । अझै पनि नेता बिष्टलाई मुख्यमन्त्री बनाउनुपर्नेमा जोडदिदै आएका छन् । पार्टीले पालो सबैलाई पुर्याउन उनीहरु पार्टीलाई अपिल गरिरहेकै छन् ।

नेपाली काँग्रेसले प्रदेश संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्रीका लागि सिफारिस गरेपछि बिष्ट जस्तै अन्य दावी गर्ने बहादुर सिंह थापा आर्थिक मामिला मन्त्री बनेका छन भने अर्का दावी गर्ने प्रकाश देउवा यस अघि मन्त्री बनिसकेका थिए ।

जनप्रिय विकास प्रेमीको नामले क्षेत्रमा चिनिने नेताले बिष्टलाई मन्त्री त खान उनका शुभचिन्तकहरुले आग्रह गरेका थिए तर बिष्टले मन्त्री खान इन्कार गरेको श्रोत बताउछ । सत्ता र पदको लोपमा हुने दुनियालाई प्रदेश सदस्य बिष्टले पदको लागि आफु कहिले नमर्ने भन्दै सबक समेत सिकाएका छन् ।

पार्टी संस्थापक पक्ष मानिने बिष्टलाई देउवा पक्षले पेल्न खोजेको समेत स्थानीयको आरोप छ । जनताका समस्यालाई नजिकबाट नियाल्ने र समस्या परेका बेला रातदिन घामपानी नभनि जनताको घरमा तुँ पुग्ने नेताका रुपमा समेत चिनिदै आएका बिष्टलाई मुख्यमन्त्री नबनाउदा क्षेत्रबासी निराश भएका छन् ।

विकासको सवालमा नेता बिष्ट पक्षपाती भेदभाव नगरी निस्वार्थ भावका साथ काम गर्ने एक कुशल हक्की, जनप्रेमी नेता हुन तर केहि उनी निकट स्वार्थी, आफुमुखी मैलाम मैखाम भन्ने नेता कार्यकर्ताका कारण उनलाई हेर्ने जनदिष्ट्रकोण केहि फरक हुन थालेको छ ।

त्यस्ता अराजक नेता हुन या जनप्रतिनिधीहरुलाई ठाउँकोठाउँ कार्वाही गरे उनका प्रशंसक अवस्य बढ्ने एकतहका बुद्धिजीबीहरु बताउछन् । घुसखोरी, फट्याही गर्नेलाई समेत बिष्टले संरक्षण गर्ने गरेको आरोप समेत लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित