बेलडाँडी, २२ साउन । पश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास रहेको रानाथारुले अरु समुदाय भन्दा फरक समयमा मनाउदै आएको तीज पर्वको अवसर पारेर बेलौरी नगरपालिकाले भोली १ दिन स्थानीय विदा दिएको छ ।
यो समुदायले मनाउने तीज पर्व रानाथारु समुदायको दोस्रो ठूलो पर्वका रुपमा मनाइने गरिन्छ । राना समुदायका चेलीले दाजुभाई र भतिजाहरूको सु–स्वास्थ्य र दीर्घायूको कामना गरी तीजको दिन निराहार ब्रत बसेर पर्व मनाउने गरेको गरेका छन् ।
यसै अवसरमा कञ्चनपुर कैलालीका पालिकाहरुले आफ्नो अनुकुलता अनुसार स्थानीय विदा दिदै आएका छन् । केहि स्थानीय तहले २३ गते विदा दिदै छन् भने केहिले २४ गते दिने तयारी गरेका छन् ।
बेलौरी नगरपालिकाले भने एक विज्ञप्ती जारी गर्दै यसरी सम्वोधनका साथै शुभकामना समेत ब्यक्त गरेका छन् ।
मिति २०८१ साउन २३ गते राना थारु समुदायले विशेष महत्वका साथ मनाईने तिज पर्व २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनी लगाएत सम्पूर्ण नगरवासीहरुमा सुख, शान्ति एवं समृद्वीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । बहुधर्म, बहु संस्कृती र बहुभाषा भएको हाम्रो देशमा यस्ता चाड पर्वहरुले सामाजिक एकता, धार्मिक सहिष्णुता, भातृत्वलाई कसिलो बनाउने गरेको छ ।
बेलौरी नगरपालिकाले हरेक जाती, वर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वहरुलाई समान रुपमा प्राथमिकता दिदै आएको अवगत गराउन चाहान्छु । साथै तिज पर्वमा होहल्ला तथा तडकभडक जस्ता कार्य नगरी यस पर्वलाई सभ्य, भव्य तथा आर्थिक रुपमा मितव्यायी बनाउन समेत आग्रह गर्दछु । बेलौरी नगरपालिका कार्यपालिकाको मिति २०८०÷१२÷२२ गतेको निर्णय अनुसार तिज पर्वको उपलक्ष्यमा मिति २०८१ साउन २३ गते बेलौरी नगरपालिका क्षेत्र भित्र स्थानीय बिदा दिएको व्यहोरा समेत सबैको जानकारीको लागि अनुरोध गर्दछु ।
Discussion about this post