किन परेन असाढे बजेट बेलौरीको बरैयामा ? स्थानीयले आफ्नै खर्चमा गरे सडक मर्मत

बेलौरी, २४ साउन । आर्थिक बर्षको मसान्त तिर बेलौरी नगरपालिकाले कोटेशनको नाममा अथक बजेट खर्च गर्दै आएको छ । कोटेशनको नाममा बेलौरी नगरपालिकाको मिलेमतोमा खाल्डाखुल्डी पुर्ने नाममा कयौं बजेट गर्छ गरेको छ । तर पनि बेलौरीको बरैया भन्ने ठाउँमा उक्त बजेटले छोएन ।

पालिकाको मिलेमतोमा ठेक्का भएको सडकमा समेत थप बजेट हाल्नु कहाँ सम्मको अनियमितता हो । ठेका पाएको निर्माण कम्पनीले काम गरेन भने काम लगाउनु पालिकाको दायित्व हो तर बेलौरी नगरपालिकाले हुलाकी सडक खण्ड निर्माणधिन अवस्थामा रहेको बेला बजेट कुम्ल्याउन थप पालिकाको तर्फबाट सोही खण्डमा ग्रावेल गरिएको छ । ग्रावेल गर्नुनै थियो भने ठेकेदार संग समन्वय गरेर उक्त कम्पनीले बेलौरी नगरपालिका वडा नं.९ पुरानो चिनीमिलमा स्टोर गरेको ग्रावेल पालिकाका श्रोतसाधनले हाले पालिकाको बजेट त बच्ने थियो । तर त्यसो पालिकाले गरेन बल्की एक ठेकेदारलाई समातेर तपाई ग्रावेल गर्नुस् भनेर जिम्मा दियो । जिम्मा दिएपछि जनगुनासो बढ्यो र विवादित बन्यो ।

त्यति गरेर पनि उक्त सडक भने सुधार भएन, पालिकाको त्यो बजेट बालुवामा पानी हालेजस्तै भयो । त्यो भन्दा बरैयाको सडममा हालिदिएको भए आज त्यहाँका स्थानीयले दुःख पाउने थिएनन् । बरैयाका स्थानीयले पटकपटक सडक मर्मत गरिदिन पालिकालाई हारगुहार गर्दा समेत पालिका कानमा तेलहालेर सुत्नुको पछाडी के राज छ ? त्यो जनताले सोधिरहेका छन् । चुनावका बेला महिन भोट डिब्या मैं सबै काम करिब्या भन्दै बेलौरीका नगर प्रमुख पोतिलाल चौधरीले मागेको भोट अझै ताजै छ भन्छन् बरैयाबासी ।

सडकमा खाल्डाखुल्डी परेर हिडडुल गर्न असहज भएपछि बरैयाका स्थानीय आफ्नै लगानीमा मर्मत गर्न थालेका छन् । पटकपटक स्थानीय तहलाई सडक मर्मत गरिदिन अनुरोध गरेर थाकेका स्थानीय मदन सिंह नगारीले आफ्नो व्यक्तिगत खर्चमै सडक मर्मत गर्न थाल्दा समेत बेलौरी नगरपालिका चुइक्क बोल्दैन । वर्षात् सुरु भएसँगै बिग्रिएको सडक मर्मतका लागि वडा र नगरपालिका कार्यालयलाई पटक पटक आग्रह गर्दा समेत अटेरी गरेपछि आफ्नै व्यक्तिगत खर्च गरेर सडक मर्मतमा लागेको स्थानीय मदन सिंह नगारीले बताउनु भयो ।

“हाम्रो माग सम्बोधनमा बेलौरी नगरपालिका मुखदर्शक बन्यो” नगारीले भन्नुभयो, “पटकपटक अनुरोध गर्दा समेत कुनै चासो नदेखाएपछि आफ्नै खर्चमा भएपनि बाटो मर्मत गरियो ।” स्थानीय तहको निर्वाचनको बेला उम्मेदवारहरूले सडक, स्वास्थ्य, शिक्षालाई प्रभावकारी बनाउने आश्वासन दिएपनि जितिसकेपछि आफूले दिएको आश्वासनकै बेवास्ता गरेको नगारीको दुखेसो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित