कंचनपुर २५ साउन । सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवान सिंह बिष्टको नेतृत्वमा दोधरा चादनी नगरपालिकाका बाढीग्रस्त क्षेत्रको अनुगमन गरिएको छ।
शनिबार जिल्लाको महाकाली पारी पुगेको बिष्ट नेतृत्वको समितिले पट्राखल्ला, कुतियाकवर लगायतका बाढीग्रस्त क्षेत्रको अनुगमन गरेको हो। उक्त समितिले चादनिमा बाघले आक्रमण गरेको शाही परिवार सङ्ग समेत भेटघाट गरेको थियो।
गत असार २३ र २४ गते आएको बाढीले जिल्लाका विभिन्न क्षेत्रमा ठुलो क्षति गरेपछि बिष्ट आफ्नो समिती सहित अनुगमन गर्दै आएका छन।
यसअघि, सावन १० गते उक्त समितिले बेलडाँडी भएर बग्ने चौधर नदिले पुर्याएको क्षतिबारे अनुगमन र शुक्रबार भिमदत्त नगरका बाढीग्रस्त क्षेत्रमा अनुगमन गरेको थियो।
अनुगमनमा दिवान सिंह बिष्टसंगै प्रदेश सदस्य प्रकाश रावल, दमन बहादुर भण्डारी, रामेश्वर चौधरी, इन्द्रिरा गिरी, रक्षामहरा, बेलबहादुर राना लगायत दोधराचादनी नगरकापालिकाका जनप्रतिनिधीको सहभागिता रहेको थियो।
Discussion about this post