सावँदको संयोजकत्वमा ५१ सदस्यीय कमिटि गठन

धन सिह धामी, महेन्द्रनगर २८ साउन । राष्ट्रिय प्रजातान्त्र पार्टीको संगठन सुदृढिकरण र विस्तारको कार्यक्रमलाई निरन्तरता दिएको छ ।
आईतबार शुक्लाफाँटा नगरमा राप्रपाको प्रत्येक वडा संगठन विस्तारको लागि हिक्मत सिंह भण्डारीको प्रमुख आतिथ्यमा नगर उपाध्यक्ष बिर सिंह सावँदको संयोजकत्वमा ५१ सदस्यीय कमिटि गठन गरेको हो ।

राप्रपा क्षेत्र नं. २ को संयोजक जिम्मेवारी पाएका केन्द्रिय सदस्य हिक्मत सिंह भण्डारीले केन्द्रको कार्यतालिका अनुसार संगठन विस्तार तथा निर्वाचन सम्पन्न गर्न कार्य क्षेत्रमा लागिएको बताएका छन ।

उक्त आयोजित छलफल कार्यक्रममा राप्रपा शुक्लाफाँटा नगरका १२ वडाका अध्यक्ष तथा सदस्यहरु लगायतको वृहत उपस्थिति रहेको थियो । संयोजक सांवदको नेतृत्वमा गठीत समितिले नगरको सबै वडामा पार्टी विस्तार गर्ने निर्णय गरीएको क्षेत्र नं. २ का अध्यक्ष बम बहादुर बमले बताए ।

यहि साउन २० गते शुक्लाफाँटा नगर भेलामा पार्टीलाई अगाडि बढाउनमा अमुल्य योगदान रहेका जेष्ठ नागरिक तथा पार्टी प्रवेशीहरुलाई सम्मान गरीएपछि आज पार्टी विस्तारको कार्यक्रम शुरु भए लगतै अन्य वेदकोट र कृष्णपुर नगरमा पनि कार्यक्रम छिट्टै गरीने तयारी रहेको क्षेत्र नं. २ का अध्यक्ष बमले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित