गौरा पर्वको अवसरमा बेलडाँडीमा सातौं संस्करण खुल्ला नकाउट फुटवल प्रतियोगिता हुने

बिकाश सिंह महता,कञ्चनपुर / साउँन २८ । गौरा पर्वको अवसरमा बेलडाँडीमा खुल्ला नकाउट फुटवल प्रतियोगिता हुने भएको छ ।

सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वको अवसरमा बेलडाँडीमा रहेको अल स्टार युवा क्लबको आयोजनामा सातौं संस्करण बेलडाँडी खुल्ला नकाउट फुटवल प्रतियोगिता २०८१ को आयोजना गरिने भएको हो । क्लबद्धारा सातौं खुल्ला फुटवल प्रतियोगिता क्लबकै सबै भन्दा ठुलो धनराशिको प्रतियोगिता रहनेछ।

खेलकुद विकासका र समाज रुपान्तरणका लागि स्थापन भएको क्लबले नयाँ ढंगले अगाडी अग्रसर रहनका लागी युवाहरुको एकरुपता संगै युवा जमाता तातेपछि आज सम्मकै क्लबले आयोजना गर्ने प्रतियोगिता भन्दा ठुलो धनराशि ८१ हजार नगद ट्रफी, प्रमाण पत्र, मेडल सहितको व्यवस्था गर्ने सनिवार बसेको क्लबको बैठक बाट निर्णय भएको क्लबका अध्यक्ष लोक बहादुर बलायरले जानकारी गराउनु भयो ।

उहाँका अनुसार क्लबलाई जिल्लामै नयाँ ढंगले प्रस्तुत गर्न लागिएको जनाउदै भाद्र ७ गते प्रतियोगिताको उद्धघाटन गर्ने कार्यतालिका रहेको र प्रतियोगिता वडा नं १ को कालिका मन्दिरको उत्तरपट्टिको फुटवल मैदानमा आयोजना हुने छ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ८५ हजार नगद रुपैयाँ, ट्रफी, प्रमाणपत्र, र द्वितिय हुनेलाई ४५ हजार रुपैया पुरस्कार प्रदान गरिने क्लवका सचिव महताले जानकारी दिए । यस्तै अन्य विद्याका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा सहभागि शुल्क ५ हजार ५ सय राखिएको छ भने टिम दर्ता मिति २०८१ साउँन २७ गते देखि भाद्र ०५ गते दिउँसो २ बजे सम्म समय रहेको छ, भने खेल तालिका सार्वजनिक भाद्र ६ गते गरिने क्लवका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मनोज खडायतले जनाएको छ । टिम दर्ता गर्दा ५० प्रतिशत दर्ता शुल्क जम्मा गर्नुपर्ने जनाइएको छ । खुल्ला फुटवल प्रतियोगितामा सहभागी हुन सबै खेलप्रेमिलाई क्लवले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित