कञ्चनपुर,भदौँ १ । सुदूरपश्चिम समाज दक्षिण कोरियाले सुदूरपश्चिमेलीहरुको गौरा पर्वको अवसरमा सेती महाकाली देउडा साँझ कार्यक्रम आयोजना गरेको छ ।
मातृभूमि सुदूरपश्चिम(नेपाल) भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुको साझा संगठन सुदूरपश्चिम समाज दक्षिण कोरियाले सेती महाकाली देउडा साँझ कार्यक्तम आयोजना गरेको हो ।
सुदूरपश्चिम समाज दक्षिण कोरियाका अगुवा भोज बहादुर चन्दले सुदूरपश्चिमको लोक संस्कृति देउडा सरक्षणकाम लागि एकदिने देउडा साँझ कार्यक्रम राखेको बताए ।
१५ भदौँ शनिवारबारका दिन कार्यक्रम राखिएको बताए । कार्यक्रममा चर्चित देउडा गायक अन्तराम भट्ट सहितका कलाकारको सहभागिता हुनेछ । उक्त कार्यक्रमको तयारी तिव्र रुपमा अघि बढेको आयोजकले जनाएको छ ।
यसरी मातृभूमि सुदूरपश्चिम नेपाल भई परदेशमा रहदा समेत युवाहरुले आफ्नो लोक, संस्कृति सरक्षणका लागि भूमिका निर्वाह गरेको भन्दै पुर्खाहरु आभारी भएका छन ।
Discussion about this post