बेलडाँडीको राैलेश्वरमा अध्यक्ष चयनमा विवाद चुलियो हेडसरले आफुले चाहेका व्यक्ति अध्यक्ष हुनुपर्ने प्रस्ताव अघि सारेपछि माईन्युट पुग्यो प्रहरीमा

कञ्चनपुर, भदौँ २ । कञ्चनपुर दक्षिणी क्षेत्रको शिक्षामा अब्बल प्रभाव जमाएको बेलडाँडीको रौलेश्वर माध्यामिक विद्यालय पछिल्ला बर्षहरुमा विवादको खाडलतर्फ धकेलिरहेको छ । विद्यार्थीको रोजाई र अभिभावकको विश्वासको केन्द्र रहेको रौलेश्वर अहिले विगतको साख गुमाईरहेको छ ।

विद्यालय नेतृत्व र अध्यक्षका लागि हानथाम गर्ने तर विद्यालयको कामकाज नगर्ने प्रवृति हावि भएपछि विद्यालय थलिदै गएको छ । गत चैत्रमै विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष चयन प्रकृया पाँच महिना पुगिसक्दा पनि हुन सकेको छैन ।

अभिभावकबाट दुई महिला सहित चार समितिका प्रतिनिधी छनौट भएका थिए । जित बहादुर धामी, बीर बहादुर बडुवाल, तुलसी देबी विष्ट, बिमलादेवी विष्ट छनौट भएका हुन । उनीहरु मध्ये अध्यक्षका लागि जित बहादुर धामी आँकाक्षी हुन । उनी सोही विद्यायका पुर्व विद्यार्थी पनि हुन ।

अभिभावकबाट छनौट भएका चार प्रतिनिधी र वडाबाट स्वयम बेलडाँडी २का वडाध्यक्ष नारदसिह उ¥याल आफै आएका थिए । सो प्रकृया अघि बढेपछि अब एक महिला एव पुरुष प्रतिनिधी मनोनित गर्नुपर्ने हुन्छ ।
अध्यक्ष चयनका लागि गत शुक्रबार बोलाएको प्रतिनिधी भेलामा प्रद्यानाध्यापक कृपाराम उपाध्यायले अभिभावकबाट छनौट नभएका व्यक्तिलाई अध्यक्षमा प्रंस्ताव अघि सारेपछि हङगामा मच्चिएको थियो ।

हेडसर कृपाराम उपाध्यायले नै अभिभावकबाट बाह्य व्यक्तिलाई छनौट गरेर अध्यक्ष बनाउने मनसाय योजना बनाउन खोजिएपछि अभिभावकबाट छनौट भएका प्रतिनिधीले बिरोध गर्दै माईन्युट नियन्त्रणमा लिएका थिए । उक्त माईन्युट ईप्रका बेलडाँडीमा बुझाएका छन । यो घटना सम्भवत रौलेश्वरका लागि ईतिहासमै पहिलो हुनुपर्छ ।

०३९ सालमा स्थापना भएको उक्त विद्यालयमा हालसम्म विद्यालय व्यवस्थापन समिति चयनमा विवाद भएपनि माईन्युट नै खोसेर प्रहरीमा बुझाउनुपर्ने अवस्था सृजना भएको थिएन ।

अभिभावकबाट छनौट भएका चार प्रतिनिधी मध्ये अधिकाँस धामीकै पक्षमा देखिएका प्रअ उपाध्यायले अभिभावक भन्दा बाह्य बाट ल्याउन खोजेपछि हङगामा मच्चिएको बताईएको छ । तर, रौलेश्वर माध्यामिक विद्यालयका प्रद्यानाध्यापक कृपाराम उपाध्यायले आफुले कुनैपनि व्यक्तिलाई अघि नसारेको बताए ।

‘मैले बैठकमा अध्यक्षका लागि कुनैपनि व्यक्तिको नाम अघि सारेको छैन, त्यो निराधार हो, ‘उनले भने, ‘बहुमत जुटाएर ल्याउँ भन्दा कसैले नसक्ने अनि प्रअमाथि आरोप लगाउन मिल्छ ।’
प्रअ उपाध्यायले आफुले कुनैपनि व्यक्तिलाई नचाहेको दावि गर्दै जो भएपनि काम गर्ने भएको बताए । यस अघि ध्वज बहादुर विष्ट हेडसर हुँदा विद्यालयको स्तर निकै उचाईमा रह्यो, तपाईको नेतृत्वदेखि शैक्षिक गुणस्तर खस्कियो भनेर विद्यार्थी अभिभावकले गुनासो गर्दै छन नी ? भन्ने प्रश्नले प्रअ उपाध्यायले आफुहरुले निकै मेहनत नगरे पढाईरहेको प्रतिकृया दिए ।

अनि शिक्षक नै तपाईलाई नमान्ने, कसैलाई काखा कसैलाई पाखा लागेको तपाईमाथि स्वय सहकर्मी शिक्षकको आरोप छ ? भन्ने प्रशनले प्रअ उपाध्यायले आफ्नो मुख अगाडी सबैले त्यसो नगर्ने आफुले पनि समान गरेको दावि गरेका छन ।

बेलडाँडीको शैक्षिक हबकै रुपमा छवि कमाएको शैलेश्वर अहिले गुणस्तर खस्किदै गएपछि आम अभिभावक, विद्यार्थी, पुर्व विद्यार्थी चिन्तित भएका छन । उनीहरुले सामुदायिक विद्यालयमा कमाउन, राजनीतिक भन्दा दीगो शैक्षिक बृद्धि विकास र पुरानो साख भन्दा राम्रो गर्न सुझाव दिएका छन ।

विद्यालय व्यवस्थापन समिति गठन यस्तो छ व्यवस्था :
ऐन २०२८को (नवौँ संशोधन–२०७४)ले सामुदायिक विद्यालयको संचालन, रेखदेख, व्यवस्थापन गर्नका लागि हरेक विद्यालयमा विद्यालय व्यवस्थापन समिति चयनको व्यवस्था गरेको छ ।

शिक्षा ऐन नवौँ संशोधनको दफा १२ को उपदफा (१) देहाय बमोजिम विद्यालय व्यवस्थापन समितिको गठनको व्यवस्था गरेको छ ।
(क) अभिभावक हरुमध्येबाट छानी पठाएका दुईजना महिला सहित चारजना – सदस्य
(ख) विद्यालय रहेको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको वडा अध्यक्ष वा वडा समितिका सदस्यहरु मध्येबाट सो वडा समितिले मनोनयन गरेको सदस्य – सदस्य
(ग) विद्यालयका संस्थापक, स्थानीय बुद्धिजिवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर दश वर्षदेखि सहयोग गर्ने वा विद्यालयलाई दश लाख वा सो भन्दा बढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तिहरू मध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनीत गरेको एकजना महिला सहित दुईजना – सदस्य
(घ) विद्यालयका शिक्षकले आफुमध्येबाट छानी पठाएकोएकजना – सदस्य
(ङ) विद्यालयका प्रधानाध्यापक – सदस्य–सचिव

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित