भीमदत्त नगरपालिकाका बेथिति विरुद्ध एमाले सहित राजनितिक दल एकठाउँ

कञ्चनपुर, ४ भाद्र । भीमदत्त नगरपालिकाका बेथिति विरुद्ध सत्तारुढ नेकपा (एमाले) सहित कञ्चनपुरका ५ राजनीतिक दलले संयुक्त आन्दोलन घोषणा गरेका छन् ।

दलहरूले एक विज्ञप्ति जारी गर्दै यस्तो भनेका छन् :-
भीमदत्त नगरपालिकाको वेथितिका विरुद्ध हामी तपसिल बमोजिका राजनिति दलहरुको सयुक्त बैठक बसि नगरपालिकामा भईरहेका हरेक किसिमका अनमियतता, भ्रष्टाचार र केहि जनप्रतिनिधिहरुका अनैतिक कार्यका विरुद्ध निरन्तर रुपमा खवरदारी गर्दै तपसिल बमोजिमका बिषयमा भीमदत्त नगरपालिकाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।

यसै सन्दर्भमा नेपाल सरकारले निर्णय गरे बमोजिम नगरपालिका भित्र रहेका भीमदत्त नगर विकास समितिमा रहेका संरचना लगायतका सबैखाले अबैध संरचना हटाउने भन्ने निर्णय केहि समय कार्यान्वयन गरेपनि हाल आएर एक्कासि रोकिएको छ ।

भीमदत्त नगरपालिका भित्र रहेका छाडा चौपाया व्यवस्थापनका नाममा पटक पटक नाखौ रकम खर्च गरे पनि समस्या यथावत रहेको र भीमदत्त नगरपालिकाले ग्रावेलका लागि प्रयोग हुने म १ ग १७ टिप्परलाई यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० (संशोधित) को दफा ११.१.४ को (३) विपरित झण्डै १ वर्ष पछि लाखौ रकम खर्च गरि शववाहन बनाउने नाममा लाखौं रकम हिनामिना गरेको जस्ता कयौ नितीगत भ्रष्टाचारका काण्डहरु बाहिरिदै आएका छन ।

नगरपालिकाले पछिल्लो समयमा विभिन्न शीर्षकमा वैध तथा अवैध तरिकाले गरेको कर वृद्धिले आम नगरवासीहरुको ढाड सक्ने कार्य भएको हुदा उक्त कार्यको घोर भर्त्सना गर्दछौं ।

तसर्थ नगरपालिकाले भीमदत्त नगर विकास समितिको क्षेत्र लगायत सबैखाले अवैध संरचना भत्काउने कार्य तत्काल अगाडि बढाउन जोडदार माग गर्दै हरेक खाले भ्रष्टाचार, जन्य कार्य तत्काल रोक्न अपिल गर्दै यस्ता गतिविधि पुन दोहर्याएको पाईएमा हामी यप आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउन बाध्य हुने कुरा यसै सयुक्त विज्ञप्ति मार्फत जानकारी गराउदछौं ।

एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी(बहुमत) ले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी आन्दोलन घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित