बेलडाँडीका युवा व्यवसायी नरेन्द्र शाहद्वारा फुटबल प्रतियोगिताका लागि आर्थिक सहयोग

कञ्चनपुर, भदौँ ६ । सुदूरपश्चिमेलीहरुको महानपर्व गौराको अवसरमा हरेक बर्ष बेलडाँडी गाँउपालिका १कालिका टोल लल्लरेडाँडा स्थित गौरा मैदान क्षेत्रमा हुने फुटबल प्रतियोगिता सफल पार्नका लागि एक युवा व्यवसायीले आर्थिक सहयोग गरेका छन ।

खुला फुटबल प्रतियोगिता सम्पन्न गर्नका लागि बेलडाँडी १ लक्ष्मीटोलका स्थानीय समेत रहेका युवा व्यवसायी नरेन्द्र शाहले आर्थिक सहयोग गरेका हुन ।
अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले प्रतियोगिता सम्पन्न गर्नका लागि शाहले ११ हजार १११रुपैया सहयोग गरेको बताए ।

स्पा व्यवसायी समेत रहेका खेलकुदप्रेमी शाहले आफ्नो गाँउठाँउमा भईरहेको प्रतियोगिता सफल पार्नका लागि सक्दो सहयोग गरेको जनाएका छन । अल स्टार युवा क्लबले ७ भदौँदेखि बेलडाँडी गाँउपालिका १ कालिका टोल लल्लरेडाँडा स्थित गौरा मैदान क्षेत्रमा खुला फुटबल प्रतियोगिता ०८१ आयोजना गरेको छ ।

यस बर्ष प्रतियोगिता स्र्पोन्सर नपाएपछि आर्थिक संकटमा परेको छ । क्लबले स्वदेश तथा विदेशमा रहेका बेलडाँडीबासीलाई आर्थिक सहयोगका लागि अपिल गरेको छ । ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि हरेक गौरा पर्वका बेला प्रतियोगिता आयोजना गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित