दशैं लगत्तै आएको वर्षाले किसानको बाली नाश

बेलडाँडी,
कञ्चनपुर लगायत सुदूरपश्चिम भरी दशैं लगत्तै लगातार परेको अविरल वर्षाका कारण किसानको बालीनालीमा ठुलो क्षति भएको छ ।

लगभग एक हप्ता लगातारको पानीले धान डुवानमा परेपछि धान कुहिनुका साथै पुनः उर्मिन थालेपनि किसान चिन्तित बनेका छन् । बेलडाँडीका सबै वाडा लगायत झिलमिला क्षेत्रमा डुवानका कारण सयौं विघा धान खेती नोक्सान भएको छ । पाकेको बाली भित्र्याउन तयार भएका बेला भएको बर्षाले धान संगै ऊखुखेतीको समेत नोक्सान भएको छ ।

क्षतिभएको विवरण पालिकाले संकलन गर्ने कार्य भएको छ । वडा कार्यालयहरुले क्षतिको यकिन विवरण संकलन गरिहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित