धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले संस्कृतमा आचार्य अध्ययन गरेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने कृष्ण दमाईंलाई आज सम्मान गर्ने भएको छ।
उपमहानगरपालिकाले आज (शनिबार) नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी, दाङबाट संस्कृत साहित्यमा दलित समुदायबाट पहिलो ‘आचार्य’ उत्तीर्ण गरेका दमाईंलाई सम्मान गर्ने भएको हो।
आचार्य दमाईंले सुदूरपश्चिम क्षेत्रको गरिमा बढाउने र यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउने कार्य गरेकोले उनलाई सम्मान गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जानकारी दिए।
उनका अनुसार आचार्य दमाईंलाई सम्मान गर्नका लागि शनिबार बिहान ८ बजे उपमहानगरपालिकाको सभाहलमा कार्यक्रम राखिएको छ। केही साताअघि काठमाडौँस्थित पशुपति कोटीहोमको व्यासासनमा बसेर प्रवचन दिएपछि दमाईं चर्चामा आएका थिए।
Discussion about this post