बेलडाँडी, ९ भाद्र । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चि प्रदेश कमिटिमा लालझाडीका युवा नेता अम्मर राना सहित १२ जना मनोनयन भएका छन् । राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो पुर्ण बैठक गत विहिवार ६ गते प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरको अध्यक्षता र नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा सुदूरपश्चिम इन्चार्ज कमरेड लेखराज भट्टको प्रमुख आतिथ्य र राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष क्षितिज थेबेको विशेष आतिथ्यतामा कैलालीको धनगढी सम्पन्न बैठकले राना सहित १२ जनालाई प्रदेश कमिटीमा मनोनित गरिएको जारी सर्कुलरमा उल्लेख गरिएको छ ।
बैठकले अन्य विभिन्न निर्णय समेत गर्दै १२ जनालाई उमेरको हदवन्दी सहित दोहोरो जिम्मेवारी भएका नेताहरुलाई संगठनबाट बिदा गरेको छ । दार्चुला, बैतडी, डडेल्धुरा र कैलाली जिल्लाका जिल्ला अधिवेशन भाद्र मसान्त सम्म गरिसक्ने र प्रदेशका सम्पुर्ण जिल्लामा असोज मसान्त सम्म पालिका अधिवेशन गर्नुपर्ने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले सचिवालय कमिटी गठन, कार्तिक १० गते कैलालीमा बृहत युवा भेला, राष्ट्रिय युवा संघ सुदूर पश्चिम प्रदेशकमिटीमा विभिन्न विभाग गठन, उमेर नाघेका तथा दोहोरो जिम्मेवारी भएकाहरुको विदाई तथा प्रदेश कमिटी रित्त पदमा मनोनित गर्ने कार्य गरेको सर्कुलरमा उल्लेख गरेको छ ।
Discussion about this post