कञ्चनपुर, भदौँ १० । कञ्चनपुरको बेदकोट नगरपालिका ८ गैलनदीमा प्रहरी चौकी भवन निर्माणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराईएको छ । बेदकोट नगरपालिका ८नम्बर वडाले गैलनदीमा प्रहरी चौकी भवन निर्माणका लागि सुप प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।
बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेश जोशीले गैलनदीमा प्रहरी चौकी निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन आन्तरिक मामिलामन्त्री हिरा सार्कीलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन ।
वडाध्यक्ष जोशीले शान्ति सुरक्षा कायमका लागि संघीय सरकार मातहत रहेको नेपाल प्रहरीको केही समय अघि अस्थायी चौकी भएकाले भवन निर्माण गरेर वडाको शान्ति सुरक्षाका लागि प्रदेश सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा मन्त्री सार्कीको ध्यानाकर्षण गराएका छन ।
वडा अध्यक्ष जोशीले चालु आर्थिक बर्षमै बजेट विनियोजन गरेरभवन निर्माण गरिदिन आग्रह गरेका हुन ।
बेदकोट नगरपालिका ८का वडाध्यक्ष जोशीले बुझाएको ज्ञापन पत्र बुझ्दै आन्तरिक मामिलामन्त्री हिरा सार्कीले गैलनदीमा प्रहरी चौकी भवनका लागि आवश्यक सहयोग गर्ने बताए ।
Discussion about this post