गाैरा पर्वको अवसरमा अल स्टार युवा क्लबले आयोजना गरेको फुटवल प्रतियोगिताको उपाधि झिलमिला युवा समाजको हात

विकास सिह महता/ भाद्र १३ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा गाैरा पर्वको अवसरमा अल स्टार युवा क्लबद्वारा आयोजित सातौं संस्करण बेलडाँडी खुला नकाउट फुटबल प्रतियोगिताको उपाधि झिलमिला युवा समाजले हात पारेको छ ।

गाैरा पर्वको अवसर पारेर भाद्र ०७ गते देखि सञ्चालन भएको सातौं संस्करण बेलडाँडी खुला नकाउट फुटबल प्रतियोगिता २०८१ को उपाधि झिलमिलाले चुमेको छ ।

बिहिवार झिलमिला युवा समाज ‘बि’ र बेलडाँडी फुटबल एकेडेमी ‘ए’ बिच भएको फाइनल खेलमा बेलडाडी फुटबल एकेडेमी ‘ए’ लाई झिलमिला युवा समाज ‘बि’ ले १-० गोलको अन्तरले हराउँदै लगातार दोस्रो पटक च्याम्पियन बनेको छ।

च्याम्पियन टिमले ८१ हजार ट्रफी प्रमाणपत्र ,मेडल र उपविजेता टिमले ४५ हजार नगद ट्रफी प्रमाणपत्र ,मेडलमा चित्त बुझाएको छ। प्रतियोगिताका विभिन्न उत्कृष्ट विधाका खेलाडीहरु आकर्षक ट्रफी हात पारेका छन् ।

प्रतियोगिताको समापन कार्यक्रमका सभा अध्यक्ष अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायर रहनु भएको थियो भने प्रमुख अतिथि बेलडाँडी गाउँपालिका वडा न१ का वडाध्यक्ष गज बहादुर बिष्ट रहनु भएको थियो। कार्यक्रमको सञ्चालन चेत बहादुर शाहले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित