मन्त्र अस्पताल र अरुणीमा विद्या मन्दिरद्वारा उल्टाखाममा निःशुल्क स्वाथ्य शिबिर

कञ्चनपुर, भदौँ १४ । कञ्चनपुरको मन्त्र अस्पताल र अरुणीमा विद्या मन्दिरले संयुक्त रुपमा भीमदत्त नगरको उल्टाखाम निःशुल्क स्वास्थ्य शिबिर लगाएका छन । भीमदत्त नगरपालिका २ उल्टाखाम प्रगति टोलको अरुणीमा विद्या मन्दिर(विद्यालय) र भीमदत्त नगरपालिका ३ महेन्द्रनगरको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिबिर लगाएका हुन ।

शुक्रबार विद्यालयमै एक दिने निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको विद्यालयले जनाएको छ । अरुणीमा विद्या मन्दिर(विद्यालय)का संचालक डिके कार्कीले विद्यार्थी, शिक्षक, अभिभावक सहित स्थानीयमा देखिन सक्ने सम्भावित स्वास्थ्य समस्या समाधानका लागि मन्त्र अस्पतालसंगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको बताए ।

कार्कीले विद्यालयमा पहिलो पटक स्वास्थ्य शिबिर संचालन गरिएको बताउँदै उक्त शिबिरबाट विद्यार्थी, अभिभावक, विद्यालय शिक्षक,कर्मचारी एव गाँउका स्थानीयले लाभ लिएको बताए । आगामी दिनमा पालिका, प्रदेश र संघीय सरकार सहितका विभिन्न निकायसंग समन्वय गरेर शिबिर संचालन गर्दै गाँउका नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउने बताए । अरुणीमा विद्या मन्दिरका प्रिन्सिपल दिपेन्द्र प्रशाद भट्टले विद्यार्थीमा देखिएका समान्यदेखि जटिल स्वास्थ्य समस्या पहिचान गर्दै समाधान गर्ने प्रयास गरिएको बताए ।

प्रिन्सिपल भट्टले विद्यार्थीमा देखिएका केही स्वास्थ्य समस्याका कारण यसको दैनिक पठन पाठनमा प्रभाव पर्ने भएकाले स्वास्थ्य शिबिर मार्फत पनि निराकरण गरिएको बताए । उनले हरेक शुक्रबार विद्यालयले अतिरिक्त कृयाकलाप गर्दै आएको बताउँदै आगामी दिनमा थप सृजनात्मक कार्यक्रम गर्ने बताए ।

मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक डा. गोबिन्द रोकायाले अस्पतालले विगतदेखि नागरिकको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर सरकारी, गैर सरकारी एव निजी क्षेत्रसंग सहकार्य गर्दै निःशुल्क स्वास्थ्य शिबिर संचालन अन्र्तरगत उल्टाखाममा पनि पहिलो पटक स्वास्थ्य शिबिर संचालन गरिएको बताए ।

डा.. रोकायाले शिबिरमा निः शुल्क चेकजाँच, औषधी वितरणदेखि स्वास्थ्य सेवा परामर्स दिईएको छ । उनले विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी एव स्थानीयमा देखिएका जटिल समस्याको उपचारका लागि समेत छुट दिने बताए । स्वास्थ्य शिबिरमा खटिएका बाल रोग विशेषज्ञ डा. अनिल पाण्डेयले बालबालिकाहरुमा कान पाक्ने, पेट दुख्ने रक्त अल्पता, टाउँको दुख्ने जस्ता समस्या देखिएको बताए । डा. पाण्डेयले स्वास्थ्य शिक्षा अभावका कारण बालबालिकाको खानपान र सरसफाई अभावकले उक्त समस्या देखिएको बताउँदै उपचारदेखि परामर्स दिईएको बताए ।

गाँउको विद्यालयमै आएर आफ्ना नानीबाबुदेखि अभिभावकलाई उपचार दिएपछि अभिभावक एव स्थानीय बासिता समेत हर्षित भएका छन । स्थानीय एव अभिभावक प्रमानन्द जोशीले मन्त्र अस्पताल र अरुणीमा विद्या मन्दिरले नयाँ अभ्यासले सकारात्मक भएको बताए । उनले यसरी पहिलो पटक गाँउको विद्यालयमै पुगेर निःशुल्क उपचारदेखि स्वास्थ्य चेकजाँच, परामर्सबाट आफुहरु लाभान्वित भएको बताए ।

उक्त स्वास्थ्य शिबिरमा सयौँ बालबालिका सहित शिक्षक, कर्मचारी, अभिभावक एव स्थानीयले लाभ लिएका छन । शिबिरमा डा.द्वय रोकाया, पाण्डे सहित मन्त्र अस्पतालका स्वास्थ्यकर्मी, विद्यालयका शिक्षक, कर्मचारी सहितको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित