भोलि बेलडाँडीको किसान मध्यवर्ती सामुदायिक वनको निर्वाचन हुदै

बेलडाँडी, १४ भाद्र । कञ्चनपुरको बेलडाँडीमा रहेको बागेश्वरी उपभोक्ता समिति अन्तर्गत किसान मध्यवर्ती सामुदायिक वनको भोलि सनिवार विहान निर्वाचन हुदै छ । वनको अध्यक्ष पदमा सहमति नभएपछि निर्वाचन प्रक्रिया अघिबढेको वनले जनाएको छ ।

वनको निर्वाचन प्रक्रिया अनुसार भोलि ७ सदस्य खुल्लाको मतदान हुने निर्वाचन संयोजक मोहन प्रसाद बडुले जानकारी गराउनु भयो । उहाँका अनुसार ७ सदस्य महिला र १ जना आदिवासी जनजाति, दलित तथा पिछडियाएका बर्गबाट निर्विरोध चयन भइसकेको जनाउदै भोलि विहान ८ बजे देखि साझ ५ बजे सम्म बेलडाँडी वडा नं.४ मा रहेको लिटिल स्टार स्कुलमा मतदान गरिने जनाउनु भयो । निर्वाचनमा ७ सदस्यका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । उक्त निर्वाचनका लागि १ हजार ५० जना मतदाता रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित