नेपाल कम्युनिष्ट पार्टी (बहुमत)द्धारा कञ्चनपुरका पालिकाहरुलाई विभिन्न कुरामा खवरदारी गर्दै ज्ञापन

बेलडाँडी,०७ असोज । नेपाल कम्युनिस्ट पार्टी वहुमत दलाल पुजीवादी व्यवस्थाका विरुद्ध राष्ट्रिय स्वाधीनता र समानताको पक्षमा निरन्तर संघर्षरत रहेको जानकारी गराउदै नेपाल कम्युनिस्ट पार्टी बहुमत कंचनपुरले विभिन्न मागहरु सहित जिल्लाभरका स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाउदै आइरहेको छ ।

बहुमत जिल्ला इन्चार्ज अर्जुन नेतृत्वमा रहेको टोलीले सोमवार बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विर बहादुर ऐर र लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानालाई ज्ञापन पत्र बुझाएको बुहुमत पार्टीले जनाएको छ । महंगी,कालोबजारी,भ्रष्टाचार विरुद्ध अभियान संचालन भए संगै पार्टीले जिल्ला भरका पालिकाहरुलाई खवरदारी स्वरुप ज्ञापन पत्र बुझाएको जनाइएको छ ।

यसै सन्दर्भमा युबाहरुलाई स्वदेश मै रोजगारको ब्यबस्था गर्न उपयुक्त उद्योगको अध्यन गरि तत्काल संचालन,जनताको बालीनाली नोक्सानको उचित क्षतिपूर्ति उपलब्ध,सडक निर्माणको पुनर्निर्माणमा विशेष ध्यान,कटान डुबान परेकाहरुको क्षतिपूर्ति र राहत उपलब्ध,भ्रष्टाचार,मंहगी,कालोबजारी नियन्त्रण र दोषीउपर कार्बाही लगायतका मागहरू सहित जिल्ला इन्चार्ज अर्जुनको विशेष उपस्थिति र जिल्ला पार्टीका अन्य नेता कार्यकर्ताहरुको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको छ ।

यस अघि जिल्लाका उत्तरी पालिकाहरुमा ज्ञापन पत्र बुझाएको जनाइएको छ । देशभरी भ्रष्टाचारका विरुद्ध जोडदार संघर्षमा रहेको नेपाल कम्युनिस्ट पार्टी वहुमत जिल्ला सगठन समिती कंचनपुर जनताको पक्षमा सकृय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित