भीमदत्त नगरपालिकाद्धारा ‘बुक फ्री फ्राइडे’ मनाउन विद्यालयलाई निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागु गर्न मातहतका विद्यालयहरुलाई निर्देशन दिएको छ ।

विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्फुटन, व्यवहारीक ज्ञान तथा व्यक्तित्व विकासका लागि नगरपालिकाले मातहतका विद्यालयहरुमा प्रत्येक शुक्रवार ‘बुक फ्री फ्राइडे’ मनाउन निर्देशन दिएको हो ।

‘बुक फ्री फ्राइडे’ मा प्रत्येक शुक्रवार विद्यालयहरुमा हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्व कला, चित्रकला, नृत्य, योग अभ्यास, खेलकुल लगाएत व्यवहारीक सिकाई हुने विभिन्न अतिरिक्त क्रियाकलाप संञ्चालन हुनेछन् । विद्यार्थीहरुलाई प्रत्येक शुक्रवार व्यवहारिक, सीपमुलक ज्ञान दिन ‘बुक फ्री फ्राइडे’ कार्यक्रम संञ्चालन गर्न लागिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताए ।

‘अहिले हाम्रा युवा तथा विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान, सीपमुलक ज्ञान दिनु आवश्यक छ । शैक्षिक ज्ञान संर्गै उनिहरुलाई सडकमा कसरी हिड्ने ?, घरायसी काम, बोल्न, हाम्रा कला संस्कृति, संस्कार लगाएतका व्यवहारिक तथा सीपमुलक कुरा सिकाउन ‘बुक फ्री फ्राइडे’ कार्यक्रम संञ्चालन गर्न लागिएको हो ।’

नगरप्रमुख बोगटीले भने ‘प्रत्येक शुक्रवार विद्यार्थीहरु किताव नबोकेर विद्यालय जान्छन र त्यहाँ व्यहारिक तथा सीपमुकल कुराहरु सिक्नेछन् ।’ उनले अगाडी भने ‘यो कार्यक्रमले विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्फुटन गर्न र व्यवहारिक तथा सीपमुलक कुरा सिक्न महत्वपूर्ण योगदान गर्ने विश्वास लिएका छौँ ।’

नगरपालिकाले प्रत्येक शुक्रवारका दिन गरेका क्रियाकलापको प्रतिवेदन तयार गरी विद्यालयमा अभिलेख राखी एक प्रति प्रतिवेदन नगरपालिकामा बुझाउन समेत विद्यालयहरुलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित