युवा जोशका जसरी रामलिला पात्रको अभ्यास गरे संविधान सभा तथा प्रदेश सदस्य बिष्टले (भिडियो सहित)

बेलडाँडी, दशैँ तिहार सकिए लगत्तै बेलौरीको खुला मञ्चमा रामलिला हुने तयारी भएपछि पात्रहरुलाई धमाधम तालिम दिइन थालेको छ । तालिमको पाचौं दिन संविधान सभा सदस्य तथा प्रदेश सदस्य दिवान सिंह बिष्ट पनि तालिम केन्द्रमा पुगेर सहभागिहरुलाई हौसला प्रदान गरेका थिए ।

उनले तामिलमा युवा जोशका साथ अभिनय गर्ने अभ्यास समेत गर्दै सहभागि पात्रहरुलाई हौसला प्रदान गरेको रामलिला समितिले जनाएको छ । समितिका अनुसार बेलौरीमा हुने रामलिलालाई मर्यादित बनाउन माननीय दिवान सिंह बिष्टको समेत मुख्य भूमिका रहेको छ । आज तामिलको दौरानमा बिष्टले युवा जोश जस्तै गरि अभिनय गरेका थिए । उनको अभिनयले पात्रहरुमा झन हौसला प्रदान भएको जनाइएको छ ।

यस्तै तालिममा बेलौरी नगर प्रमुख पोतिलाल चौधरी, समाजसेवी प्रेम सिह बोहरा, डा.भुपेन्द्र बिष्ट, समाजसेवी तथा रामभक्त गोपाल गुरुङ समेत सहभागि भएका थिए । साँस्कृतिक तथा रामलिला समितिद्वारा आयोजना हुने रामलिालको तयारी धमाधम अघि बढेको छ । रामलीला समिति संयोजक दिनेश कुँवरका अनुसार सोमबार देखि हामीले तालिम प्रारम्भ गरेको बताउदै विगत दुई दशक अगाडि बेलौरीमा रामलीला कार्यक्रमको आयोजना गरिएको जनाए । अध्यक्ष कुँवरले खुला मञ्चमा लाग्ने रामलीला कार्यक्रम भव्य सभ्य रुपमा सफल बनाउन सम्पूर्णमा आग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित