बेलडाँडीको रक्षा कन्स्ट्रक्सन सहित २३ वटा निर्माण कम्पनी कालोसूचीमा

बेलडाँडी, १५ असोज । सरकाले बेलडाँडी गाउँपालिकामा रहेको रक्षा कन्स्ट्रक्सन सहित देशभरका २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायले गरेको सिफारिसका आधारका जिम्मा लिएको काम समयमै पूरा नगर्ने २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै २३ निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी गराएको छ । कार्यालयले कालोसूचीमा राखिएको सूचना जारी गर्दै यस्तो कुरा उल्लेख गरेको छ ।

तपसिलका सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम यस कार्यालयको मिति २०८१।०६।१४ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्ति कर्ताहरूलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी÷ आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित