महेन्द्रनगर, १५ असोज । कञ्चनपुरको एक स्थानीय सरकारले यात्रुको सुरक्षाका लागि हेल्थडेस्क निर्माण गरेको छ ।
भीमदत्त नगरपालिकाले महेन्द्रनगर बसपार्कमा यात्रुको सुरक्षाका लागि हेल्थडेस्क निर्माण गरेको हो । नेपालीहरुको महान पर्व वडादशैँ, दिपावली र छठ पर्वको अवसरमा भीमदत्त नगरपालिकाले यात्रुको सुरक्षाका लागि निःशुल्क स्वास्थ्य डेस्क संचालन गरेको छ ।
मंगलवार एक कार्यक्रमका विच नगरप्रमुख पदम बोगटीले स्वास्थ्य सामाग्री हस्तान्त्ररण गर्दै हेल्थडेक्स बाट सेवा शुरु गरिएको घोषणा गरेका छन । नगरप्रमुख बोगटीले यात्रुहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै निःशुल्कहेल्थ डेस्क संञ्चालन गरिएको बताए ।
‘यात्रा गर्दा बाटोमा थुप्रै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ ।’ ‘नगरप्रमुख बोगटीले भने, ‘यात्रुहरुहरुको स्वास्थ्य सुरक्षाका लागि यो हेल्थ डेक्स संञ्चालन गरिएको हो ।’ मेयर बोगटीले छठसम्मै हेल्थेडेस्क संचालन हुने बताउँदै यात्रुदेखि बसका चालक, सहचालकलाई सेवा प्रदान गर्न आग्रह गरेका छन ।
मेयर बोगटीले महेन्द्रनगर बस पार्कको विकास तथा संरक्षणका लागि समेत आफु प्रतिवद्ध रहेको बताए ।
भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले बसपार्कमा राखिएको हेल्थ डेस्क मार्फत यात्रुको प्राथमिक उपचार, ब्लड प्रेसर चेकजाँच, ज्वरो चेकजाँच र आवश्यक औषधी निःशुल्क उपलब्ध गराईने बताइए ।
नगर उपप्रमुख नीलम लेखक जोशीले बस पार्कलाई व्यवस्थित बनाउन नगरपालिकाले बजेट कार्यक्रमको व्यवस्था गरेको बताइन् । महाकाली यातायात प्रालिका अध्यक्ष डम्मर पन्तले यात्रुको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले हेल्थ डेक्स स्थापनाले यात्रुलाई सेवा प्रवाहमा सुविधा हुने बताए ।
बसमा छोटो तथा लामो यात्रा गर्दा आईपर्ने समस्या समाधानका लागि हेल्थडेस्क प्रभावित हुने बताए । भीमदत्त नगरपालिका–४ का अध्यक्ष सुशिल कुमार भट्टको अध्यक्षता मा आयोजित कार्यक्रममा नगर प्रवक्ता पदम राज अवस्थी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक, जिल्ला ट्राफिक कार्यालयका प्रमुख, वडा प्रहरी कार्यालयका प्रमुख, विभिन्न बस व्यवसायी÷यातायात प्रालीका अध्यक्ष, सवारी चालक लगातका सरोकारवालको उपस्थित रहेको थियो ।
Discussion about this post