कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पक्राउको विरोधमा कञ्चनपुरमा समेत निलो क्रान्ती भन्दै विरोध सभा आयोजना गरिएको छ । सरकार आफ्नो अकुत भ्रष्टाचार र असक्षमता लुकाउन रास्वपालाई मास्ने, लखेट्ने र दबाउने महाभियानमा लागेको भन्दै सरकार विरुद्ध कञ्चनपुरमा समेत विरोध पर्दशन गर्दै यसमा सचेत भएर प्रतिकार गर्न रास्वपाले आम जनतालाई अपिल गरेको छ ।
वर्षमा १० लाख भन्दा धेरै युवा देश छाडेर जाने कुसंस्कृत समाज बनाएका दलहरूले रास्वपा सभापतिलाई एक दिन भने पनि थुन्नै पर्ने भन्ने हिसाबले प्रतिशोध साँधेको रास्वपा नेताहरुको भनाई छ । ‘देश रित्याएर भ्रष्टहरूले शासन चलाउने कुचेष्टा विरुद्ध प्रतिरोधमा उत्रिनु पर्ने रास्वपा सुदूरपश्चिम इन्चार्ज ज्ञानेन्द्र महताको भनाई छ ।
Discussion about this post