बैतडी सुर्नया गाउँपालिका उपाध्यक्ष मञ्जु बोहरा नेतृत्वमा चाडपर्व लक्षित वजार अनुगमन

बैतडी । चाडपर्वलाई लक्षित गर्दै बैतडीको सुर्नया गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले स्थानीय बजारमा अनुगमन थालेकी छिन् । समयमा उपभोक्ताको हकहित र बजारको अनुशासन कायम गर्नका लागि सुर्नया गाउँपालिकाले बजार अनुगमनको कार्य आरम्भ गरेको हो ।

गाउँपालिकाका अनुसार अनुगमनको उदेश्य कालोबजारी नियन्त्रण, म्याद नाघेका सामग्रीको विक्रिवितरणलाई रोक्नु, र पालिकामा दर्ता नभएका पसलहरुलाई दर्ता गर्न आग्रह गर्नु रहेका जनाएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीका अनुसार, अनुगमन टोलीले गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराको नेतृत्वमा वडा नं १, २, ३ र ४ का विभिन्न बजारहरूमा अनुगमन गरेका बताए । सोमबारको अनुगमनमा विभिन्न स्थानबाट करीब ६ हजार रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको जानकारी दिएका छन् ।

उपाध्यक्ष मञ्जु बोहराले भने, “हाम्रो उद्देश्य बजारमा अनुशासन कायम गर्न र उपभोक्ताको हकहितको रक्षा गर्नु हो । चाडपर्वको समयमा उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सामानको उपलब्धता सुनिश्चित गर्न हामीले यो अनुगमन थालेका हौं ।”

गाउँपालिकाको अनुगमन कार्यले विभिन्न स्थानहरूमा, जस्तै सनशेरीमाण्डौं, सतबाँझ, सिउडे, र धरमघरमा पनि ध्यान केन्द्रित गरेको छ । यसका साथै, अनुगमनका क्रममा पालिकामा दर्ता नभएका पसलहरुलाई दर्ता गर्न आग्रह गरिएको छ । होटेल र किराना पसललाई मूल्यसूची राख्न र सरसफाइको विषयमा विशेष ध्यान दिन भनिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत जोशीले अनुगमनलाई निरन्तरता दिने योजना रहेको बताउँदै, चाडपर्वको समयमा मात्र नभएर अन्य समयमा पनि बजार अनुगमन जारी रहने बताएका छन् । यसले उपभोक्तालाई सुरक्षित र पारदर्शी बजार सेवा प्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यता अनुगमनको नाममा फोटो खिच्ने, भिडियो बनाउने कार्य बाहेक अन्य उपलब्धी कुनै नभएको बेलडाँडी बासीको भनाइ छ । बेलडाँडी भारत संग जोडिएको खुल्ला सिमा जोडिएको क्षेत्र हो यहाँ अवैध सामाग्री विक्रिवितरण हुने आशंका बढी गर्न सकिन्छ । त्यसैले गम्भिरतापूर्वक बजार अनुगमनमा स्थानीय सरकारको ध्यान जान जरुरी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित