कञ्चनपुर, कार्तिक ९ । विद्यार्थीको स्मृतिमा अरुणीमा विद्या मन्दिर विद्यालयका विद्यार्थीले कञ्चनपुरको एक अनाथालयमा फलफुल वितरण गरेका छन ।
भीमदत्त नगरपालिका २उल्टाखामको अरुणीमा विद्या मन्दिर विद्यालयका विद्यार्थीले सहकर्मी विद्यार्थीको स्मृतिमा रौटेला बृद्ध आश्रममा बस्दै आएका बेसाहरा जेष्ठ नागरिकलाई फलफुल वितरण गरेका हुन ।
शुक्रबार एक कार्यक्रमका विच अरुणीमा विद्या मन्दिर विद्यालयका विद्यार्थी विशाल भण्डारीको स्मृतिमा अरुणीमा बालक्त्व विद्यार्थीहरुले फलफुल वितरण गरेको जनाईएको छ ।
अरुणीमा विद्या मन्दिरका संचालक डिके कार्कीले विद्यार्थीले आफ्ना सहकर्मी गुमाएको स्मृतिमा जेष्ठ नागरिकलाई फलफुल वितरण गरेको बताए ।
स्व. भण्डारीको ११औँ दिनको पुण्यतिथिमा बालबालिकाहरुले उक्त कार्यक्रम राखेको कार्कीले बताए । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक सहितको सहभागिता रहेको थियो ।
Discussion about this post